अपडेट 
२०७८ भाद्र १८, शुक्रबार ०७:१२

लहान । सेवाग्राहीको भीड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले पालिकालाई आलोपालो सेवा दिने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको र पदपुर्ती समेत हुन नसकेको अवस्थामा सेवाग्राहीको भीड बढ्न थालेपछि आलोपालो सेवा दिने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए । उनका अनुसार नयाँ नागरिकता र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राहीलाई आलोपालो सेवा दिइनेछ । प्रजिअ कणेलले भदौं २० गते आइतवारबाट आलोपालो प्रणालीमा सेवा प्रदान गरिने सूचना जारी गरेका छन् । सूचना अनुसार आईतवार कर्जन्हा र मिर्चैया नगरपालिकाका सबै वडालाई सेवा प्रदान गरिनेछ । यस्तै मंगलवार गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र नरहा गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । बुधबार धनगढीमाई नगरपालिका १२, १३, १४ नम्बर बाहेक सबै वडा, सुखिपुर नगरपालिका र विष्णुपुर गाउँपालिकालाई सेवा दिने भनिएको छ । यस्तै बिहीवार सिरहा नगरपालिकाका सबै वडा र शुक्रवार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । तोकिएको दिन सार्वजनिक विदा पर्न गएमा त्यसको विहानपल्ट सेवा प्रदान गरिने प्रजिअ कणेलले जनाएका छन्।

उनले जारी गरेको सूचनामा शुक्रवार दिनको १ बजे र अरु दिन २ बजेभित्र सनाखत सकिने गरी कार्यालय खुल्ने सुरु समयमा मात्र आवश्यक कागजात र सनाखत गर्ने व्यक्ति सहित उपस्थित हुनुपर्ने भनिएको छ ।

Comment


Related News

Latest News

Trending News