
जनकपुरधाम । नेकपा(एकीकृत समाजवादी) तर्फ लागेका २ जना सांसदलाई एमालेले फकाउन सफल भएको छ ।
बाराका प्रदेश सांसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङलाई नेकपा एमालेले फकाउन सफल भएको हो । प्रदेश निर्वाचन कार्यालय जनकपुरमा सनाखत गर्ने सुचिमा नाम रहेको दुई जना प्रदेश सांसद एमाले तर्फ लागेपछि नेकपाएकीकृत समाजवादी)लाई झटका लागेको छ । एमालेको २१ जना सांसद मध्ये १३ जना सांसद नेकपा(एकीकृत समाजवादी)ले आफु तर्फ रहेको दावी गरेका थिए । तर, अन्तिम समयमा दुवै सांसद एमाले रोजेपछि नेपाल नेतृत्वको नेकपा (एस)लाई झटका लागेको छ । दुई जना फकाएपछि प्रदेश सभामा एमालेको सांसद संख्या १० पुगेको छ । मौसम खराब भएका कारण सनाखतका लागि जनकपुर आउन नसकेको बताइएका प्रदेश सांसद विश्वकर्मा र गुरुङ वीरगन्जमा एमालेले आयोजना गरेको प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । एमाले भित्र विवाद हुँदा दुवै समुहको भेलामा देखा परेका विश्वकर्मा नेपाल समुहले प्रदेश सभामा सचेतक दिएपछि नेकपा (एकीकृत समाजवादी)मा खुलेका थिए । प्रदेश सभामा २१ मध्ये १३ जना नेपाल तर्फ लागेपछि ओली समुह ८ जना मात्रै हुदा स्थापन पक्ष कमजोर भएको थियो । नेकपा (एकीकृत समाजवादी) प्रदेश २ को पक्षमा सनाखत गर्ने सूचीमा रहेका दुवै सांसद बिहीबार वीरगञ्जमा आयोजित एमालेको प्रदेश कमिटीको बैठकमा सहभागी भएको एमाले नेताहरुले पुष्टि गरेका छन् ।
ज्वाला साहको अध्यक्षता र रघुबिर महासेठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद विश्वकर्मालाई बोल्ने अवसर समेत दिइएको थियो