२०७८ भाद्र १८, शुक्रबार ०७:२७
मलगंवा । नेकपा एमालेबाट निर्वाचित सर्लाहीको हरिपुर नगरपालिकाका २४ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजबादी) रोजेका छन् ।
नगर प्रमुख जमरुद्दिन मन्सुर, उपप्रमुख रेणुका काफ्ले सहित २४ जनाले बिहीाबर जिल्ला निर्बाचन कार्यालय मलंगबामा गएर सनाखत गरेका छन् । नगरप्रमुख मंसुरले ४ जना निर्बाचित वडाअध्यक्ष, एक कार्यपालिका सदस्य सहित २४ जनाले समाजबादी पार्टी रोजेको बताए । आउन नसकेका अन्य केही जनप्रतिनिधि पनि २२ गतेसम्म आएर सनाखत गर्ने उनले बताए । उनले कतिपयको बिहीबार काम परेर न आउनु भएको तर सबै जसो जनप्रतिनिधिले समाजबादी पार्टी रोज्ने दाबी गरे । हरिपुरमा एमालेबाट निर्बाचित ३५ जना जनप्रतिनिधि छन् ।


