२०७८ भाद्र १८, शुक्रबार ०७:३७

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका ११ साँसदले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) रोजेका छन् ।

बिहीवार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा १० साँसद सशरिर उपस्थित भएर एकिकृत समाजवादीको पक्षमा सनाखत गरे । क्यान्सर पीडित साँसद दिल्ली उप्रेती दिल्लीमा उपचाररत रहेका कारण उनी दुताबास मार्फत पत्र पठाएर सनाखत गरेको बताइएको छ । निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नेमा साँसदहरु सत्रुधन महतो, अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोबिन्द न्यौपाने, रबिन्द्र बैठा, मञ्जु यादव, हसिना खातुन र बेची लुङ्गेली छन् । यस प्रदेशमा नेकपा एमालेका २१ साँसदमध्ये माधव नेपाल गुटमै १३ जना लागेका थिए । तर साँसद सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुङलाई नेकपा एमालेले फकाउन सफल भएको छ । बिहीवार उनी दुबै साँसद वीरगञ्जमा आयोजित नेकपा एमालेको प्रदेश कमिटी बैठकमा समेत सहभागी भएका थिए । एकिकृत समाजवादीमा खुलेका साँसद शत्रुधन महतोले साँसद विश्वकर्मा र गुरुङ काठमाण्डुमा रहेको दावी गर्दै मौसम खराबीका कारण आउन नसकेको प्रतिक्रिया दिएका थिए । तर दुबै साँसद एमाले बैठकमा सहभागी रहेको फोटो सार्वजनिक भएको छ । साँसद महतो अध्यक्ष केपी शर्मा ओली कानून र विधि विधानलाई नमानेकाले एमालेबाट बिद्रोह गरेको बताए ।

उनले भने, ‘कम्यूनिष्ट पार्टी देवत्वकरण हुँदैन । व्यक्ति होइन्, नीति ठूलो हुन्छ । ओली जीले नीतिलाई लत्याएर अगाडी बढेपछि हामी विद्रोह गर्न बाध्य भयौं ।’

Comment


Related News

Latest News

Trending News