अपडेट 
२०७८ भाद्र १८, शुक्रबार ०७:४१

वीरगञ्ज । कोभिड–१९ ले प्रभावित उद्योग, वाणिज्य, आन्तरिक पर्यटन, पारवहन लगायतका क्षेत्रहरुको प्रबद्र्धन र विकासका लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएका टोलीले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरुसँग भेटघाट गरेका छन् ।

भेटघाटको क्रममा मन्त्री शर्माले पर्यटन, उद्योग, वाणिज्य र निजीक्षेत्रको विकासको निमित्त गण्डकी प्रदेश सरकारले रचनात्मक कार्ययोजना अघि सारेको बताए । आन्तरिक पर्यटनको विकास र प्रबद्र्धनको लागि प्रदेश सरकारले भर्खरै पर्यटन सम्बन्धी नीति र कानूनको मस्यौदा तयार गरेको र त्यसमा अरु विशेष कुराहरु के के थप्ने भन्ने बारेमा सरोकारवालाहरुसँग सुझाव मागेका छन् । मन्त्री शर्माले सङ्घीय सरकारको समन्वयमा पर्यटन व्यवसायीमैत्री कानून बनाउने प्रतिबद्धता जाहेर गरे । उनले पर्यटन क्षेत्र नेपालको प्रमुख आय आर्जनका स्रोत भएकोले यसको उन्नयनबाट राष्ट्रिय, प्रादेशिक र स्थानीय अर्थतन्त्रको सबलीकरण हुने भएकोले हाम्रा साझा भूमिका यस तर्फ हुनुपर्ने धारणा राखे । बुद्ध एयरका सञ्चालक परासर जङ्ग पाण्डेले आउने २÷३ महिनाभित्रै हवाई यात्रा सोचेको भन्दा भाडा दर कम हुने र पर्यटकहरुको लागि ल्याइएको प्याकेज रकममा पनि कमी आउने बताउँदै आगामी दिनमा गुणस्तरीय सेवाहरु प्रदान गर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्यको क्रममा वीउवासङ्घको ऐतिहासिक पृष्ठभूमि, उद्योग, व्यापार, व्यवसाय प्रबद्र्धनको क्षेत्रमा खर्चिरहेको ऊर्जा उजागर गरे । अध्यक्ष गुप्ताले मुलुककै सबैभन्दा ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरले करिब एक÷डेढ लाख जनशक्तिलाई प्रत्यक्ष रोजगारी दिइरहेको बताउँदै सङ्घले प्रदेश नं. २ मा रहेका पर्यटकीय क्षेत्रको प्रबद्र्धन र विकास गर्दै आएको र यस क्षेत्रले बोकेको पर्यटनको सम्भावनालाई विश्लेषण तवरबाट राष्ट्रिय एवम् क्षेत्रीय तहमा बहसमा ल्याउँदै आएको बताए । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. २ का अध्यक्ष गणेशप्रसाद लाठ, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट सेन्टरका केन्द्रीय अध्यक्ष अच्युत गुरागाई, पोखरा टुरिज्म काउन्सिलका अध्यक्ष गोपी बहादुर भट्टराई, नाटा पोखराका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिराम अधिकारी लगायतले पर्यटन प्रबद्र्धनका सम्बन्धमा भाडा दर, पर्यटन तथा यातायातका सम्बन्धमा आआना धारणा राखेका थिए ।

होटल तथा पर्यटन समितिका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सहसचिव अनोज रुँगटाले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए ।

Comment

Related News

Latest News

Trending News