अपडेट 
२०७८ भाद्र १९, शनिबार ०७:३२

जनकपुरधाम । धनुषा, महोत्तरीसहितका जिल्लाहरुमा सडक अवरुद्ध पारि सार्वजनिक कार्यक्रमको आयोजना गर्ने प्रवृति बढेर गएको छ।

कृष्णाजन्माष्टमीको मेला होस् या गोविन्द पुजाको मेला अथवा मोहर्रम मेलाको आयोजना सडकमै गरिने प्रवृति बढ्दै गएकोछ । भिठ्ठामोड– जनकपुर सडकखण्डको प्रकौली, आगेपुर, पर्सा, पिपरा ,सहोडवा र जनकपुरधामकै जिरोमाईलका सडकहरु केही दिन अघि आयोजित मोहर्रमको अवसरमा तीन दिन सम्म अस्त व्यस्त बनेको थियो । त्यस्तै कृष्णाष्टमीको अवसरमा जलेश्वरको मटिहानी चोक र जनकपुरधामको जिरोमाईलमा आयोजित मेलाले ट्राफिक व्यवस्थापन नराम्ररी प्रभावित बनेको थियो । सडक बाटोमै कहिले राजनीतिक मञ्च त कहिले धार्मिक कार्यक्रमको बहानामा जर्बरदस्ती सार्वजनिक सडक अवरुद्ध पार्नु दुर्भाग्यपुर्ण रहेको सामाजिक अभियन्ता रंधीर चौधरीको गुनासो छ । जलेश्वरबाट नियमित रुपमा जनकपुरधाम कार्यथलो आउने जाने गरेका चौधरीले आक्रोशित हुँदै भने –‘ पुजा र मेला नगर्ने होइन, तर कुनै पनि धर्म कुनै पनि जात अथवा कसैले पनि सडक अनुशासनलाई धज्जी उडाउँदै सडक ब्लक गर्ने अधिकार कसैसंग छैन , तसर्थ यस्तामाथि कारवाही हुनै पर्छ यस्तो मेलाको बहिष्कार गर्न सक्नुपर्छ । ’ मोहर्रम होस कि गोविन्द पुजा आयोजकले लाखौं खर्च गर्न सक्ने तर स्थलको व्यवस्थापन गर्न नसक्ने यो कस्तो व्यवस्थापन हो , सडक अवरोध गरेर अरुलाई दुःख दिएर आयोजना गरिएको धार्मिक मेलाले कस्तो फल होला भन्ने प्रश्न समेत चौधरीले तेर्साए । सम्पन्न मोहर्रमको अवसरमा पर्सा , सहोडवा तथा आगेपुर र बेलाका सडकहरुमा पैदल हिंडन समेत समय खर्चिने अवस्था देखिएको थियो यसको दोषी को मेला आयोजक होइन र भन्ने जलेश्वर नगरपालिकाका रोजगार संयोजक अभिजित झाले दुखेसो पोखे । बाँसले सडक बन्द गरेर राख्ने रातिको बेला सो कारणले मोटरसाईकल दुर्घटना हुने जोखिमको अनुभूति आफु पटक पटक गरेकोले सडक अराजकतालाई नियन्त्रण गर्न सरोकारवालाहरु संवेदनशिल हुनुपर्ने धारणा झाले राखे । कुनै पनि धर्मको कार्यक्रम होस् , कुनै दलको कार्यक्रम होस् सडकमा कार्यक्रमको आयोजना गर्नु नै सडक अनुशासनको खिलाफत रहेको झाको कथन छ ।

एकातिर पुजा, मेलाले सडक अवरुद्ध हुने गरेको छ भने अर्को तर्फ बेला , चान्दनी चोक , पिपरा , पर्सा सहितका स्थानका मुख्य सडकमै बजार लगाईदिँदा सवार ीसाधन आवत जावतमा समस्या हुने गरेकोछ ।

Comment

Related News