२०७८ भाद्र १९, शनिबार ०७:३९

जनकपुरधाम । कोरोना महामारीका कारण बालबालिकामा पर्न गएको असरलाई मध्यनजर गर्दै प्रदेश २ का सामुदायिक विद्यालयहरुमा स्वाध्ययन सिकाई समाग्री वितरण सुरु गरिएको छ ।

युनिसेफको सहयोगमा लाइफ नेपालले प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्लामा स्वाध्ययन सिकाई समाग्री वितरण सुरु गरेको हो । तीनै वटै जिल्लाका ८ पालिकाका ४७ वटा विद्यालयहरुका ११ हजार ३ सय ६२ जना बालबालिकालाई स्वाध्ययन सिकाई समाग्री वितरण गरिएको लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जनाए । ठाकुरका अनुसार बालविकासदेखि कक्षा ३ सम्मका बालबालिकालाई सो समाग्री वितरण गरिएको हो । नेपाल सरकारको पाठ् यक्रममा आधारित सो समाग्री अभिभावकहरुको संलग्नतामा बालबालिकाहरुले प्रयोग गर्न सक्ने समाग्रीहरु रहेको अध्यक्ष ठाकुरले बताए । पाठयप पुस्तक , अभ्यासपुस्तिका, चित्रकला र खेल समाग्रीहरु समावेश गरिएको स्वाध्ययन सिकाई समाग्री वितरण गरिएको हो ।

यो स्वाध्ययन सिकाई समाग्री वितरण गर्दा सम्बन्धित विद्यालयका शिक्षक, अभिभावकहरुको पनि अभिमुखिकरण सँगै गरिएकोले समाग्रीको प्रभावकारी प्रयोग देखिएको अध्यक्ष ठाकुरले दावी गरे ।

Comment


Related News

Latest News

Trending News