२०७८ भाद्र १९, शनिबार ०७:४५

लहान । सिरहा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ५ का २६ वर्षीय मो. नियाज शेष रहेका छन् । सिरहा नगरपालिका १७ काली चौकबाट ईलाका प्रहरी कार्यालय माडरको टोलीले सेखलाई पक्राउ गरेको हो । उनको साथबाट १० दशमलव ५ ग्राम ब्राउन सुगर बरामद भएको छ । उनीमाथि थप अनुसन्धान र कारबाही अगाडी बढाएको सिरहा प्रहरीले जनाएको छ । सिरहाको गोलबजार र मिर्चैया ब्राउन सुगर खाने युवाहरुका लागि अखडा बनेको छ । मिर्चैया र गोलबजारबाट ब्राउन सुगरसहित कैयौं युवकलाई पक्राउ गरिसकेको छ । ब्राउन सुगर प्रहरीले बरामद गरेपनि कहाँबाट आउने गरेको विषयमा प्रहरीले अनुसन्धान नै गर्दैनन् । भारतबाट लागूऔषध कोरेक्स र नाइट्रोभेट ट्याब्लेट सेवन गर्नेहरुको संख्या समेत सिरहामा बढेको देखिन्छ ।

हरेक दिनजसो यूवाहरु लागुऔषधसहित पक्राउ पर्छन् । तर यसको नियन्त्रणमा सरकार खासै चासो देखाएका छैनन् ।

Comment


Related News

Latest News

Trending News