अपडेट 
२०७८ भाद्र २०, आईतवार ०६:४२

१५ वर्ष अघिसम्म नेपाल विश्वशको एकमात्र हिन्दु राष्ट्रको रुपमा चर्चित थियो । विश्वककै हिन्दूहरु यस माथी गर्व गर्दथे तर संवैधानिक रुपमै यो संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भएसँगै यो देश धर्मनिरपेक्ष राष्ट्र पनि भई सकेको छ । अव डछ प्रतिशत हिन्दू र ढण् प्रतिशत भन्दा बढी ओमकार परिवारका सदस्य रहेको यस देशमा अन्य धार्मिक अल्पसंख्यकहरु सँगै हिन्दूसित पनि एकसमान व्यवहार हुने भएको छ, भइरहेको छ । संवैधानिक रुपमा देश हिन्दूराष्ट्र नरहेपनि यसको चरित्र भने हिन्दूत्व कै रहेको छ । पूर्वीय सभ्यता र संस्कृतिको उत्तराधिकारी नेपाल पनि रहेकोले यसले आफ्नो दशौँहजार वर्ष पुरानो मान्यता र संस्कारलाई अक्षुण राख्नुन पर्नेहो । नेपाल भनेको राजा जनक, माता सिता र भगवान गौतम बुद्धको देश हो ।

जनकपुरधाम, लुम्बिनी र पशुपतिनाथको मन्दिर भएको देशमा नेपालको पहिचान मासु निर्यातकर्ताको रुपमा हुनु दुर्भाग्यपूर्ण हो । यो हाम्रो धर्म संस्कृतीको पनि प्रतिकुल हो, तसर्थ नेपालमा यस्को निर्यातमाथि रोक लाग्नुपर्दछ । नेपाल जस्तो देशमा आधा दर्जन भन्दा पनि बढी मासु प्रशोधन केन्द्र अस्तित्वमा रहनु दुर्भाग्यपूर्ण हो । सनातन धर्ममा प्राणीमात्रको कल्याणको कुरा गरिएको छ । हामी सनातनीहरु प्रत्येक जीवमा ईश्वमरकै उपस्थिति अथवा आत्माको वास मान्दै आएका छौँ । हिन्दू धर्ममा हिंसाको निम्ति ठाउँ हुनु हुँदैन । हामी नेपालीहरु त्यस परम्परा र संस्कृतीलाई मान्दै आएका हौँ जसमा गाईलाई माता मानिन्छ र हामी दिनहुँ गाईको पूजा पनि गर्दछौँ । अहिले प्रचलनमा नरहेपनि हाम्रो घरमा पाकेको पहिलो रोटी गाई र कागलाई खुवाउने परम्परा रही आएको छ । नेपालको संविधानमा त अहिले पनि गाईलाई नै राष्ट्रिय जनावर घोषित गरिएको छ । भगवान गौतम बुद्ध जन्मेको देश नेपालमा हिंसालाई कसरी जायज मान्न सकिन्छ ? नेपालमा संचालनमा रहेका सवै खाले कथित मासु प्रशोधन केन्द्र यथार्थमा पशु बधशाला नै हो । नेपाल जस्तो देशमा निर्दोष पशुको यसरी बध हुनु र त्यसको मासु विदेशमामा निर्यात हुनु एक किसिमले देशको निम्ति लज्जा एवं कंलकको विषय मानिनु पर्दछ । नेपालको पहिचान मासु उत्पादक देशको रुपमा हुनु कुनै पनि अर्थमा उचित होइन । देशका राजनीतिक दलहरु पूनः देशलाई हिन्दू धर्म सापेक्ष राष्ट्रको रुपमा पूनः स्थापित गर्ने मनसाय बनाई राखेको बेला यसको थालनी यसैबाट गर्नु उपयुक्त हुनेछ ।

देशमा मासु उत्पादन तथा प्रशोद्धनको नाममा जतिपनि स्वदेशी र विदेशी मासु प्रशोधन केन्द्रहरु संचालनमा रहेका छन् । त्यसमाथि तत्काल रोक लगाईनु पर्दछ । यसको निर्यात माथी रोक लगाउनु पर्दछ । कसैले मानोस अथवा नमानोस तर उत्तरी छिमेकी चीनसित हाम्रो सभ्यताको प्रतिस्पर्धा अवश्य पनि छ । रोम, इजिप्ट र इरानी सभ्यता अव खासै अस्तित्वमा रहेन । पूरै विश्वरमा अहिले पूर्वीय भनौँ आर्य भनौँ, हिन्दू सभ्यता र चिनिया सम्यता वीच एक किसिमको प्रतिस्पर्धा रहेको छ । चिनियाहरु अहिले एक्लो आफूलाई मात्रै सभ्यता र संस्कृतिको हिसाबले उच्च कोटीमा मानिरहेका छन् । यिनिहरुको परिभाषामा अन्य सभ्यता अशिक्षित र अविकसित हुन । मासु निर्यात गर्नु बिदेशीह? खा; गरिकन गैर हिन्द “को सभ्यतामा जायज होला र उनीहरुका निम्ति सबै थोक भक्ष्य अथवा खाने लायक छन् तर हाम्रो सभ्यता र संस्कृति यसको अनुमती प्रदान गर्दैन । हुनत हाम्रो शास्त्रहरुमा मासुको प्रयोगमाथि नै रोक लगाएको छ । तर यसको निर्यातलाई कदापी जायज मान्नन सकिदैन । नेपालमा चिनियाहरुको लगानीमा बर्दिया र बाँके आदी पश्चिोमी नेपालका र अन्य केही ठाउँबाट उत्पादित मासुको निर्यात चीनतिर भईरहेको पाइन्छ . सम्भवतः त्यहाँ मासु प्रशोद्धन कम्पनी हुनुपर्ने हो । चितवन र बाराको परवानीपुरमा पनि यस्ता मासु प्रशोद्धन कम्पनीहरु हुन् । यहाँबाट प्रसोधित मासु नेपालबाट भारतको बाटो हुँदै भियतनाम पुर्यानईन्छ । भनिन्छ, नेपालमा मासुको गुणस्तर जाँच गर्ने क्षमता प्रणाली स्तरीय नभएकाकारण यसको गुणस्तरको जाँच भियतनाममा हुने गरेकोछ र त्यहाँ प्रमाणिकरण गरेर चीन भित्र्याईन्छ । हुन त चीनीया कम्पनीले एनिमल क्वारेन्टाईनमा प्रश्नह उठाएर नेपालबाट मासु सोझै चीन लैजान मानेको छैन । नेपाली पक्षले यस वारे प्रश्नन उठाउँदा चिनियाले त्यसो भए जिउँदो राँगा भैँसी निर्यात गर्न प्रस्ताव गरेको छ ।

चिनिया लगानीमा नै कम्पनीपनि खोलिएको छ, चिनियाहरु नै त्यसको उत्पादन प्रशोद्धन र निर्यात पनि गर्दछन् । परवानीपुरको हिमालयन खाद्य उधोगमा त केही वर्ष अघि चिनियाहरु र नेपाली मजदुर वीच मारपीटको घट्ना पनि भएको थियो । विवाद बढी चर्किए पछि स्थानीय गाउँलेहरु समेत आउनु परेको थियो । स्थानीयहरु शुरु मै मासु प्रसोधन कारखानाको चर्को विरोध गरेका थिए । त्यतीबेला पनि उनीहरुले यसलाई आफ्नो संस्कृति विरुद्धको बताएका थिए । नेपालमा आएर जसले पनि पुंजी लगानी गर्दा हुन्छ तर त्यो हाम्रो संस्कृति विरुद्धको हुनुहुदैन । नेपाल एउटा हिमाली मुलुक हो । यहाँका पर्वत श्रृखलामा बहुमूल्य जडीबुटी एवं खनिज सम्पदा छन् । नेपालले जडीबुटीको ब्यापक खोज अनुसन्धान एवं उपयोग गर्न चाहेमा दक्षिण एशियामा सम्पन्न देशको पंक्तिमा आउन सक्छ । वर्तमान युगमा आयुर्वेदको महत्व बढेको छ । पूरै विश्वप आयुर्वेदतिर आकर्षित भएको छ । नेपाल जस्ता देशले यसको जङ्गल पहाड र हिमाली क्षेत्रमा रहेका औषधित्वले परिपूर्ण जडीबुटीको सदुपयोग गर्न सक्नु पर्छ । नेपालमा मासुको उत्पादन, प्रशोधन, छाला बैग उद्योग, अथवा मासुको निर्यात लगायतका काम माथि तत्काल रोक लगाउने दिशामा हाम्रो ध्यान जानु आवश्यक छ । अत्याधिक मासुजन्य कारोवार कै कारण विभिन्ना किसिमका नयाँ रोगहरु फेला परिरहेको छ । वर्डफ्लु र कोभिड–१९ आदी रोगहरु मासुजन्य पदार्थबाट नै सर्ने गरेको चर्चा व्यापक छ । तसर्थ नेपाल जस्तो सनातन धर्ममा र अहिंसामा विश्वायस राख्नेर देशमा पशुहिंसा सधैको निम्ति नै त्याज्य हुनुपर्दछ । नेपाल सरकारले, प्रादेशिक ;÷का÷ह? ले र स्थानिय सरकारहरुले मिलेर यस समस्याको समाधान खोज्नुपर्दछ । पश“पतिनाथ, जनकपुरधाम र लुम्बिनी जस्तो विश्वेप्रसिद्ध धार्मिक स्थलको सम्मान हामीले गर्न सक्नु पर्दछ ।

कुनै एउटा देशको राजनीतिक दलको कुनै अर्को देशको राजनीतिदल सित सम्बन्ध हुनु स्वभाविक हो, यो हुनु पनि पर्दछ तर राष्ट्रिय हितको सवालमा आफ्नो देश र आफ्नो देशका जनताको स्वार्थ सर्वोपरी हुनुपर्दछ । देशको सभ्यता र संस्कृतिसित जोडीएको विषयमा दलिय चिन्ता गौण हुनु पर्दछ । दक्षिण छिमेकी भारतका धार्मिक स्थलहरु भएको ठाँउमा पनि यस्तो अनुमती प्रदान गरिएको पाइदैन। नेपालमा हाल सक्रिय रहेको अथवा बन्द परेका मासु उत्पादन प्रशोद्धन एवं निर्यात गर्ने फैक्ट्रीको अनुमतीमाथी रोक लगाउने दिशामा ध्यान जानुपर्छ ।

Comment


Related News

Latest News

Trending News