२०७८ भाद्र २०, आईतवार ०७:१३

गौर । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाजले विभिन्न कार्यक्रम गरि दोस्रो वार्षिकोत्सव मनाएको छ ।

२०७७ साल भाद्र १९ गते विधिवत रुपमा स्थापना गरिएको बुहारी संयुक्त आवाज संस्थाले आफ्नो वार्षिकोत्सव तथा संस्थाका केन्द्रिय अध्यक्ष यमु शर्मा सुव्बाको जन्मदिन एकै साथ मनाएका हुन् । मेचीदेखि महाकाली सम्मको बुहारीहरुको हकहितको संरक्षण, घरेलु हिंसामा परेकी महिलाको न्यायको लागि आवाज उठाउने उदेश्यले स्थापना गरिएको सो संस्थामा रहेका महिलाहरुले क्रियाशिल भएर काम गर्दै आएका हुन् । मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा कार्यालय रौतहटले प्रदेश संयोजक पुजा पाठक तिमिल्सिनाको प्रमुख आतिथ्यमा शाखा कार्यालय चन्द्रनिगाहपुरमा दोस्रो बार्षिकोत्सव मनाएका हुन् । कार्यक्रममा प्रदेश संयोजक पाठकले घरेलु हिँसामा परेका बुहारी, बालबालिकाहरुको हित मा सस्थाले सक्रिय भएर कार्य गर्दै अघि बढी रहेको बताइन् । उनले प्रदेश २ मा विगतमा भएको बलात्कार, हत्याको घटनाले महिला तथा बालबालिकाको सुरक्षा चुनौती थपिएको जिकिर गरिन् । महिला प्रति हुने हिँसा, हत्या, बलात्कार जस्ता जघन्य अपराध न्युनिकरणको लागि नेपाल सरकारले कडा कानुन बनाउनु पर्नेमा जोड दिए । वार्षिकोत्सवको अवसरमा सर्लाहीको लालबन्दीस्थित उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा सहभागी भएका प्रदेश संयोजक पाठकलाई प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले मायाको चिनो बाट सम्मानित समेत गरेका थिए ।

सर्लाही जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का बहादुर , जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर , ईलाका प्रहरी कार्यालय लालबन्दीका इन्चार्ज निर्मल थापा, नेपाल शिक्षक संगठनका अध्यक्ष लिला कुमार बानियाँ, किसान नेता प्रकाश थापा लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो

Comment


Related News

Latest News

Trending News