२०७८ भाद्र २०, आईतवार ०७:१६

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा युवा समाजसेवी राजु राज गिरीको नेतृत्वमा करिब दुई सय जना युवाहरु नेकपा एमालेमा प्रबेश गरेका छन् ।

पुर्ब मन्त्री तथा नेकपा एमालेका केंद्रीय सदस्य महेश बस्नेतले गिरीको नेतृत्वमा रहेको टोलीलाई पार्टीमा स्वागत गरेका छन् । लामो समयदेखि राजनितीमा लागेका राजुराज गिरी जीतपुर सिमरा उपमहानगरपालिकामा राम्रो पकड भएका नेताको रुपमा परिचित छन् । केही समय राजनीतिबाट बिश्राम लिई पुर्णरुपमा समाज सेवामा लागेका नेता गिरी जनताको माग र भावना अनुसार आफुले नेकपा एमाले प्रबेश गरेको बताएका छन् । गिरी नेकपा माओवादी केन्द्र र जसपामा आबद्ध भएर पनि राजनिती गरिसकेका छन् । पाटी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ नभएको बताए । माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको स्वार्थको साँठगाँठ भएकाले बर्तमानको सरकारले जनताको मनोभावनालाई प्रतिनिधीत्व गर्न नसक्ने बताए । परमादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन  ओलीको नेतृत्वमा आउने उद्घोष गरे ।

कार्यक्रममा नेपका एमालेका केन्द्रिय सदस्य अच्युत मौनाली, प्रदेश २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रदेश २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी ,मनोज कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News