अपडेट 
२०७८ भाद्र २०, आईतवार ०७:३७

लहान । सिरहा प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ७५ लाख भन्दा बढी मूल्यको औषधी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शनिवार विहान लहान–ठाढी सडक अन्तर्गत लहान नपा १९ कटहाचौकबाट लु. १ स ८००७ नम्वरको अट्टो सहित ७५ लाख ५६ हजार ८ सय मूल्य बराभरको भन्सार छलेको औषधी बरामद गरेको हो । गस्तीमा रहेको प्रहरीलाई देखेर अटो चालक भागेपछि खानतलासी गर्ने क्रममा रेकल–के २–७ (च्भ्ऋब्ी(प्द्द(ठ० नामक औषधी १५ कार्टुन, वेथोकल (इभ्त्ज्इऋब्ी० ट्याव्लेट १० कार्टुन र क्यारेकल (ऋब्च्भ्ऋब्ी० नामक ट्याव्लेट ५ कार्टुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए । अटोसहित बरामद औषधी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय ठाढी पठाइएको छ । औषधी र गाडी कसको हो भन्ने पत्ता लागिसकेको छैन । बरामद औषधी कसले कहाँ लग्न लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News