२०७८ भाद्र २०, आईतवार ०७:४४

वीरगञ्ज । जनजाति कल्याण आश्रम अन्तर्गत आमाको माया छात्रावास शनिबारदेखि संचालमा आएको छ ।

एक कार्यक्रमका बीच भवन तथा जनजाति कल्याण आश्रम, नेपाल केन्द्रिय कार्यालयको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलू र वरिष्ठ समाजसेवी मुरलीधर रुगंटाले संयुक्त रुपमा उदघाटन गरेका हुन् । दुर्गम क्षेत्रका जनजाति समुदायका गरिब तथा अति विपन्न परिवारका बालबालिकाहरुको पठनपाठन तथा गाँसबाँसको लागि दाताहरुको सहयोगमा वीरगञ्ज १० बजरंगटोलमा छात्रावास निर्माण गरिएको छ । दाताहरुको सहयोगमा उपलब्ध गराईएको एक कठ्ठा चार धुर जग्गामा दाताहरुको ८० लाखको सहयोगमा आमाको माया छात्रावास निर्माण गरिएको हो । उद्घाटन गर्दै मेयर सरावगीले पश्चिमीहरुको प्रभावले गर्दा नेपालको मुलधर्म संस्कृति संकटमा पर्न गएको जिकिर गरे । अहिले कुन उदेश्यले मेसिनेरीहरु नेपालमा परिचालित छन, उनले भने,‘ईसाई मेसिनरीले गरिब विपन्नताको मौका उठाएर धर्मसंस्कृति माथि ठाडो प्रहार गर्ने काम गरेको हुनाले यसको मुहतोड जवाफ दिनुपर्छ ।’ मेयर सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावास मार्फत गरिब तथा अतिविपन्न परिवारको शिक्षादिक्षा तथा बाँसगाँसको लागि पु¥याउँदै आएको योगदान सराहनीय रहेको बताए । उनले वीरगञ्ज महानगरपालिकाबाट सहयोग गर्न नसकेपनि आउँने दिनमा व्यक्तिगत रुपमा पनि यस्ता पुन्यकार्यको लागि योगदान पु¥याउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अखिल भारतीय वनवासी कल्याण आश्रमका मार्गदर्शक श्री सोमायाजुलूले छात्रावासको परम्परा नयाँ नभई पुरानो ऐतिहासिक गुरुकुलको नामले वनवास क्षेत्रमा संचालन हुदै आएको बताए । उनले गुरुकुल मार्फत छात्रछात्रालाई वेद तथा रामायणको बारेमा शिक्षा प्रदान गरि असल व्यक्तिको निर्माण गर्ने काम हुने गरेको बताए । अहिले पनि छात्रावासको माध्यमले गरिब तथा विपन्न परिवारको बालबालिकालाई शिक्षा प्रदान गरी समाजमा असल व्यक्ति निर्माण गर्ने काम गरिन्छ । उनले भने, छात्रावासबाट शिक्षादिक्षा प्राप्त गरी असल व्यक्ति निर्माण भएपनि त्यहि व्यक्तिले देश, समाज र जनताको हितमा काम गर्ने गरेका छन् । जनजाति कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ्गले जनजाति कल्याण आश्रमले देशमा रहेका ३८ प्रतिशत रहेको जनजाति समुदाय मध्ये केहि प्रभावित जनजातिहरुलाई मुल प्रभावमा ल्याउँने काम गरिरहेको बताए । उनले दुई दशक अगाडी वीरगञ्जबाट शुरु गरिएको छात्रावास अहिले देशको विभिन्न १० वटा जिल्लामा संगठन विस्तार गरी ३० जिल्लाका शिक्षा क्षेत्रको पहुँचबाट टाढा रहेका सयौं बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्दै आएको बताए । शिक्षाको साथ विकट जिल्लामा पिछडिएका व्यक्तिको उत्थानको लागि पनि विशेष योगदान पु¥याउँदै आएका छौ, उनले भने, जनजातिहरुलाई ईसाईहरुले लक्षित गरेर करोडौ अर्बो रुपमा लगानी गरेर हाम्रो समाजबाट अलग गर्ने प्रयास गरेको छ । उनले समाजलाई बचाउँनको लागि छात्रावास संगै जनजाती कल्याण आश्रमबाट योगदान पु¥याउँन र ईसाईहरुले फैलाउँदै आएको भ्रमलाई चिर्ने काम पनि गर्दै आएको बताए । आमाको माया छात्रावासका अध्यक्ष भवंरलाल पारिकको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रुंगटा, वरिष्ठ उद्योगपति मुर्लीधर रुगंटा, अशोक बैध, वडा नम्बर १० का वडा अध्यक्ष रामनगिना साह लगायत समाजसेवी, बुद्धिजिवी, पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News