अपडेट 
२०७८ भाद्र २०, आईतवार १०:३०

मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि शुक्रबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए ।

अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य राखेका छन् । नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो खेल बराबरीमा सकिएपछि माफी माग्दै दोस्रो खेलमा जित निकाल्न चाहेको संकेत गरिसकेका छन् ।

आजको खेलमा हेर्न आउने दर्शकहरुले पूर्ण खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने वा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

Comment


Related News

Latest News

Trending News