अपडेट 
२०७८ भाद्र २१, सोमबार १६:५१

नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७८/७९ मा ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने भएको छ । टेलिकमले ‘फोर–जी’ विस्तार परियोजना सम्पन्न गर्दै ‘फाइभ–जी’ इन्टरनेट परीक्षण थाल्ने जानकारी दिएको हो ।

टेलिकमले सोमबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षमा परीक्षण गरी व्यवसायिक सञ्चालन तयारी गर्ने जनाएको छ । फाइभ–जी परीक्षण सञ्चालन अनुमति माग्दै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई २०७८ साल जेठ १६ गते पत्र लेखिसकेको छ ।नेपालमा फाइभ–जी परीक्षण गर्नका लागि प्राधिकरणले आवश्यक पर्ने कार्यनीति तयार पारिरहेको छ । टेलिकमले सञ्चालन गरिरहेको फोर–जी परियोजना सम्पन्न हुने चरणमा रहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

Comment


Related News

Latest News

Trending News