
जनकपुरधाम ।जनता समाजवादी पार्टी( जसपा)बाट छुट्टिएर महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले प्रदेश र पालिकाहरुमा समेत साख बचाउन सकेन् । पूर्व राष्ट्रिय जनता पार्टी(राजपा)का अधिकांश प्रदेश सभासदस्य र पालिकाका जनप्रतिनिधिहरु जसपामा नै रहेका छन् ।प्रदेश २ मा पूर्व राजपाका ८ जना सभासद जसपामै रहने निर्णय गरेका छन् ।जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साह लगायत पूर्व राजपाका कयौं मेयर र उपमेयरहरुले जसपामा भविष्य देखेका छन् ।
संघीय सांसदलाई रोक्न पूर्ण रुपमा असफल भएका ठाकुर समुहले प्रदेशमा समेत साख बचाउन असफल भएको छ ।प्रदेश २ मा पूर्व राजपाका २५ जना सभासद रहेका थिए ।तर हाल १६ जनामा झरेको छ । पूर्व राजपाको कोटामा प्रत्यक्ष निर्वाचित नवलकिसोर साह , मनिष सुमन, विन्देश्वर यादव(विक्की), सुरेश मण्डल लगायतका सभासदहरु जसपामा नै रहेपछि ठाकुर नेतृत्वको लोसपा सप्तरीमा हराएको दावी गरिएकोछ । जसपाका नेता राजकिसोर यादव, विजय यादव लगायतले नेतृत् वगर्ने सिरहा जिल्लामा लोसपाको अवस्था भएको छ ।सिरहा जिल्लामा एकजनालेपनि लोसपालाई रोजेका छैनन् ।प्रदेश २ मा लोसपाको एकजनापनि जनप्रतिनिधि नभएको सिरहा जिल्ला भएको छ ।त्यहाँबाट सभासद रहेका सुरेश मण्डल जसपाको नेतृत्व लिएका छन् । प्रदेश २ मा पूर्व राजपाको पक्षमा रहेको एकमात्र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साह जसपामा रहेका छन् ।मेयर साहलाई प्रभावित गर्न ठाकुर समुहले सबै हतकण्डा अपनाएपनि उन ीभने बिचल्लीत भएका छैनन् ।प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको मेयर जसपामा सकृय भएसँगै लोसपालाई अपुरनीय क्षती भएको बताइन्छ । महोत्तरी र सर्लाही जिल्लामा लोसपाले पूर्व राजपाबाट पालिकामा रहेका जनप्रतिनिधिहरु मध्ये धेरैलाई फर्काउन सफल भएको दावी गरेपनि जसपालाई रोज्नेहरुको संख्या बढी रहेको जसपाकी वरिष्ठ नेतृ एवं पूर्व मन्त्री रेनु यादवले बताइन् ।
‘सर्लाही र महोत्तरी जिल्लामा समाजवादी पार्टी रहेको भन्दा हालको अवस्था धेरै सुदृढ भएकोछ’ यादवले भनिन्, अन्य प्रदेशहरुमा पूर्व राजपाका सभासद र पालिका प्रतिनिधिहरु जसपामा रहेका छन् । ‘जसपा विभाजन भएको गलत प्रचारबाजी केहि अवसरवादी व्यक्तिहरुले गरिरहेका छन्’ उनले भनिन्, केहि चोइटिएर जादैमा जसपालाई खासै फरक पर्दैन् । रौतहट जिल्लामापनि लोसपालाई ठूलो धक्का लागेको छ ।गौर नगरपालिकाका मेयर लोसपमा गएका छन् ।तर उपमेयर र वडाअध्यक्ष जसपामा रहेका छन् ।पूर्व राजपाबाट गुजरा नगरपालिकामा निर्वाचित मेयर, उपमेयर लगायतका जनप्रतिनिधिहरुले ठाकुरको साथ छाडेका छन् ।बारा र पर्सा जिल्लामापनि ठाकुरलाई क्षति भएको छ । साख नै डुबेपनि ठाकुर समुहका नेताहरुले जसपाबाट १६ जना सभासदले लोसपा रोजेको भन्दै नाक फुलाएका छन् ।संघीय संसद, प्रदेश सभासदस्य र पालिकाका प्रतिनिधिहरुले ठाकुरका साथ छाडेको यादवले दावी गरे । लोसपाका नेताहरुको दवाव र प्रभावलाई निस्तेज बनाउन जसपाका अध्यक्ष उपेन्द्र यादव, महेन्द्र यादव ,नेतृ रेनु यादव, नेता राजकिसोर यादव, मृगेन्द्रसिंह यादव, मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरु मोर्चामा थिए । सनाखतको अन्तिम दिन मंगलवार रहेको छ ।लोसपा कार्यकारिणी समितिका सदस्य रहेका जितेन्द्र सोनललेपनि सोमवार लोसपा रोजेको प्रचारबाजी भएकोछ ।उनी ठाकुरसँग रहेकै कारण भौतिक पूर्वाधार मन्त्रीबाट अपदस्थ गरिएका थिए ।
अपदस्थ राज्यमन्त्रीहरु डिम्पल झा(अनिल झाकी पत्नी), अभिराम शर्मालाई पनि लोसपा रोजेको भन्दै ठाकुरले नाक फुलाएको आरोप जसपाका नेताहरुले लगाएका छन् ।