२०७८ भाद्र २२, मंगलवार ०७:१८

जनकपुरधाम । तीजको अवसरमा जनता समाजवादी पार्टी (जसपा) नेपाल को भगिनी संगठन समाजवादी महिला संघ, नेपाल मधेश प्रदेश समितिले सोमबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजवादी महिला संघ, नेपाल मधेश प्रदेश समितिकी अध्यक्ष सञ्जीला यादवको अध्यक्षता तथा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा गणेश चतुर्थी एवं तीज पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । जनता समाजवादी पार्टी मधेश प्रदेश समितिकी उपाध्यक्ष उर्मिला साहले शुभकामना मन्तव्य राखेकी कार्यक्रममा वक्ताहरुल महिला शक्तिको सम्मान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले मधेश आन्दोलनदेखि लिएर अहिले सम्म महिलाहरुले खेलेको भूमिका र अगामी दिनमा खेल्नु पर्ने भूमिकाका विषयमा चर्चा गरेका थिए । उनीहरुले प्रदेश २ का महिलाहरुमा देखिएको जोश, जागर र लगनशिलताले घुम्टो भित्र मधेशी महिलाहरु भनि जिस्काउनेहरुमाथि ठूलो प्रहार रहेको बताएका थिए । महिला शक्तिले मधेश आन्दोलन सफल भएको र यसलाई निरन्तरता दिई राख्नकालागि वक्ताहरुले आग्रह गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, प्रतिनिधिसभा सदस्य प्रमोद साह, रेणु यादव, प्रदेश २ का उपसभामुख उपमा देव, प्रदेशसभा सदस्य, कौशल किशोर यादव, रामअशिष यादव, करिमा बेगम, भिमा यादव, जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News