अपडेट 
२०७८ भाद्र २२, मंगलवार ०७:२४

जनकपुरधाम । सनराइज बैँकले ल्याएको पिंक खाता अन्तर्गत एक ग्राहकलाई विमा रकम भुक्तानी गरेको छ ।

विमा रकमवापत बैंकले सोमबार ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । बैँकको धनुषास्थित औरही शाखामा महिला पिंक बचत खाता खोलेको औरही गाउँपालिका–२ की ४९ वर्षिय सकुन्ती देवी मण्डललाई दुर्घटना विमा वापत ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । उनको श्रीमान जीतनारायण मण्डललाई गाउँपालिकाको अध्यक्ष व्रहमदेव यादव र शाखा प्रवन्धक महेश कुमार रायले संयुक्त रुपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको थियो ।

Comment


Related News

Latest News

Trending News