अपडेट 
२०७८ भाद्र २३, बुधबार ०७:१२

जनकपुरधाम ।भ्रष्टाचार र अनियमितताका लागि कुख्यात बनेको प्रदेश २ सरकारले जनलोकपाल आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ ।

सरकारले आयोगमा भ्रष्टाचाको अनुभवीलाई प्राथमिकताका साथ स्थान दिएको छ ।प्रदेशमा भइरहेका भ्रष्टाचारलाई न्युन गर्ने उदेश्यले गठन गरिएको जनलोकपाल आयोगमा भ्रष्टाचार कम गर्न भ्रष्टाचारका अनुभवीलाई ग्राहयता दिएको बताइएको छ । जनलोकपाल आयोगमा पदाधिकारी सिफारिसका लागि बनेको समितिले गरेको सिफारिस अनुसार प्रदेश सरकारले मंगलवार पदाधिकारीहरुलाई नियुक्त गरेको छ । आयोगको पदाधिकारी सिफारिस समितिमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव र प्रमुख प्रतिपक्षी दल एमालेका नेता सत्रुधन महतोले एकजना महिला सहित तीनजनाको सिफारिस गरेको हो ।मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहट जिल्लाका कानुन व्यवसायी रामसहाय प्रसाद यादवलाई, सभामुखले सदस्यमा ई.राजकिसोर साहलाई र विपक्षी दलका नेता महतोले महिला सदस्यमा सिरहाकी शोभा महतोलाई सिफारिस गरेका हुन् । अध्यक्ष यादव जनता समाजवादी पार्टी (जसपा)को समर्थक हुन् ।साह सभामुख यादवको प्राबिधिक सल्लाहकार थिए ।महिला सदस्य महतो सत्रुधनको समर्थित दल नेकपा लोकतान्त्रिक समाजवादीको रहेको बताइएको छ ।

प्रदेश जनलोकपाल आयोगले भ्रष्टाचार बिरुद्ध काम गर्ने बताइएको छ ।अधिकार सम्पन्न आयोगले प्रदेशमा भ्रष्टाचारमुक्त शासन स्थापना गर्न मद्दत मिल्ने मुख्यमन्त्री राउतले बताए । प्रदेश लोकपाल आयोगमा नियुक्तीको विषयमा सत्तासाझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ ।राजनीतिक नियुक्तीमा सरकारले साझेदार दलहरुसित परामर्श गर्नुपर्ने र सहमतिमा नियुक्ती गर्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए । आयोगका पदाधिकारीहरुको सपथग्रहणको विषयमा समेत जानकारी मन्त्रीहरुलाई नगराइएको बताइएको छ ।

Comment

Related News

Latest News

Trending News