
जनकपुरधाम । धनुषाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले निजामती सेवा दिवस वहिष्कार गरेका छन् ।
निजामती सेवाको परिभाषा तथा वृती विकासबाट बन्चित गरेको भनी मंगलवार स्थानीय तहका कर्मचारीहरुले धनुषाका प्रजिअ बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका छन् । स्थानीय तहको सेवामा रहदा सेवारत संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवामा रहेका कर्मचारीहरुलाई कर्मचारी नै मान्न तयार नरहेको भन्दै बिरोधमा उत्रेका हुन् । निजामती कर्मचारीको परिभाषाबाट अलग राखेको, सेवा सुविधाका सम्बन्धमा कुनै पनि नीतिगत व्यवस्था नै नगरेको, वृति बिकासको सुनिश्चित नगरेकोले अन्योलको अवस्था श्रृजना भएको छ । स्थानिय तहको कर्मचारी व्यवस्थापन लगायत विविध पक्षहरुमा योग्य भन्दा, नाताबाद, कृपाबाद लगायत व्यवस्था हावी हुने भएकोले आफुहरु विरोध उत्रिएका धनुषाधाम नगरपालिकाका लेखा प्रमुख प्रशान्त कुमार यादवले बताए ।