अपडेट 
२०७८ भाद्र २३, बुधबार ०७:५९

जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लाका डिलहरुले मलको व्यापक कालोबजारी गरेको पाइएको छ ।

मलको अभाव भइरहेको बेला डिलर हरुले तीन गुणासम्म बढी मुल्य लिएर मल विक्रि गरेको पाइएको छ । सरकारले सुलभ दरमा सहकारी संस्थामार्पmत स्थानीय किसानलाई मल विक्रि गर्दै आएको छ । तर, सहकारी संचालकहरुले चर्को मुल्य लिएर मल विक्रि गरेको जनगुनासो बढेको छ । अहिले युरिया मलको चरम अभाव भएको छ । संघीय सरकारले प्रत्येक वर्ष मलको अभाव हुन नदिने दावी गर्दै आएको छ । तर, समयमा मल नपाउँदा किसाले सास्ती भोग्नुपरेको छ । मल अभाव हुँदा किसानहरु चिन्तित बनेका छन् । एकातिर मलको चरम अभाव बढेर गएको छ भने अर्को तर्फ अभावको फाईदा उठाएर सहकारी संस्था (डिलर)ले मल कालोबजारी गर्न थालेपछि किसानको चिन्ता बढाएको छ । लोहारपट्टी नपा पररियाका किसान शेष ईलियासले अन्य वर्षको तुलनामा यस वर्ष खेतमा धान राम्रै सप्रेको बताए । तर मलको अभावमा उत्पादन घट्ने निश्चित रहेको ईलियासले बताए । भारतबाट लुकिछिपी यस क्षेत्रका ५० प्रतिशत भन्दा बढि किसानहरुले भारतीय बजारमै डिपेन्ड हुन्थे त्यसैले धेरथोर सहज बनेको थियो । तर अहिले भारतबाट निर्यातमा कडाई गरिएको छ । अहिले मलको चरम अभावनै सृजना भएको कृषि सामग्री कम्पनी जनकपुरधामका प्रमुख रामकुमार चौधरीले बताए ।

धनुषा र महोत्तरीको निम्ति जनकपुरधाम तथा ढल्केबर गरि दुई वटा कार्यालयबाट मल विक्र्री गरिएको छ, प्रमुख चौधरीले भने –‘ आगामी एक डेढ महिना सम्म मलको अभाव नै रहने निश्चित छ , हामीले यस वर्ष १८ सय मेट्रिक टन युरिया तथा ७ सय मेट्रिक टन डीएपी डीलरहरुलाई वितरण गरिसकेका छौं । ’ तर यो भने यहाँका किसानहरुको लागि पर्याप्त नरहेको स्विकार गर्दै उनले भने —‘ हामीले कम्तिमा वर्षको १० हजार मेट्रिक टन मल ल्याउन सके मात्रै सहज आपूर्ति हुनेछ अन्यथा मलको अभाव जस्ताको तस्तै रहने निश्चित छ । ’ ‘ धान हुर्किसक्यो । तर मल हाल्न सकेको छैन, बजारमा मल छ । तर खेतमा पुग्ने मल पाउन सकेको छैन भएको मल पनि चर्को मुल्यमा खरिद गर्नु पर्ने बाध्यता छ ।’ – महोत्तरी प्रकौलीका किसान राजीब झाको गुनासो छ । समयमा मल नपाउदा धान उत्पादनमा ह्रास हुने सम्भावना बढेको जनकपुरधाम उप महानगरपालिका¬– २५ लोहनाका किसान मोहम्मद समिरुलले बताए । भारतबाट लुकिछिपी दूई चार किलो मल ल्याउन सकिए पनि त्यसले ‘उंटको मुखमा जिराको फोरन’ जस्तै हुने समिरुलको कथन छ । धनुषा तथा महोत्तरीको निम्ति विरगंज कार्यालयबाट मल उपलब्ध गराईने गरिएको र सो यस वर्ष भने वीरगंजले मांग अनुसारको मल पठाउन नसकेको हो । यस क्षेत्रका किसानको मलको समस्या सहज बनाउनको लागी वीरगंज कार्यालय र केन्द्रिय कार्यालयमा बारम्बार जानकारी गराउदै आएको उनले बताए ।

धनुषामा १ सय १३ तथा महोत्तरीमा ८२ गरि १ सय ९५ सहकारी संस्थाहरुलाई मल विक्रि गर्ने जिम्मा दिएको छ । संस्थाहरुलाई सय बोरा सम्म मल वितरण गरिएको प्रमुख चौधरीले जानकारी दिए । उनले मलमा भईरहेको कालोबजारी नियन्त्रण गर्ने जिम्मा स्थानीय तहको रहेकोले सोको निगरानी गर्नु पर्ने जिम्मा उनीहरुकै रहेको प्रमुख चौधरीले प्रष्ट पारे । अनुदानको मल विक्रेता नियमावली निर्देशिका २०७७ अनुसार सहकारी विक्रेतालाई मात्रै मल विक्री वितरण गर्ने र सो मार्फत गाउँपालिका तथा नगरपालिकाहरुले यसको निगरानी गर्ने गराउने हो । डिलरलाई मल उपलब्ध गराएपछि त्यसको निगरानी स्थानीय तहले गर्न सक्नु पर्छ प्रमुख चौधरीले थपे । सहकारी संस्थाका संचालकहरुसित कुरा गर्दा मल नरहेको बताए । ‘गुणस्तरीय बिउको अभाव , समयमा रोपाईँ हुन नसक्नु लगायतका कारणले धानमा किरा लाग्ने सम्भावना हुन्छ , त्यसैले एक हातभन्दा ठुलो भएपछि धानमा मल हाल्नै पर्ने हुन्छ नत्र किरा लाग्छ–लाग्छ ।’ – कृषि ज्ञान केन्द्र जनकपुरधामका प्राविधिक अधिकृत प्रदिप कुमार यादवको कथन छ । धनुषाको५९ हजार हेक्टरमा धान रोपाईँ भएको छ । यस वर्ष निरन्तर वर्षा भइरहेकोले धान उत्पादन वृद्धि अनुमान गरिएको प्राविधिक अधिकृत यादवको कथन छ । नियमित वर्षा हुँदा धान फस्टाएको छ तर, धानमा मल हाल्न नसक्दा धान उत्पादन हुने नहुने मनराशिश्वा–९ का किसान फिरन झाको लागि ठुलै चिन्ताको विषय बनेको छ । अन्य ‘वर्षको तुलनामा यस वर्ष पानी परेकै छ , बाढीले पनि त्यति धेरै क्षति गरेको छैन ।

किसानहरुको लागि अनुकुल वातावरण छ ,तर दुर्भाग्य यस वर्ष पनि मलको अभावले गर्दा उत्पादनमा ह््रास आउने निश्चित छ ’–किसान झा भन्छन । सीमामै अवस्थित गाँउको वासिन्दा भएपनि भारतबाट दुई किलो भन्दा धेरै मल भारतीय सुरक्षाकर्मीले ल्याउन नदिने ल्याएपनि नेपाली सुरक्षाकर्मीले समेत ‘टर्चर’ दिने गरेकोले यस क्षेत्रका किसानहरु मलखादको समस्या भोग्न बाध्य बनेको किसान झाले बताए । बोरामा ल्याउने कुरै भएन एक दुई किलो लुकिछिपी तरकारीको झोलामा राखेर ल्याउन सकिए पनि सो मात्राको खादले कति खेतमा हाल्न सकिन्छ र भन्ने झाले प्रश्न समेत तेर्साए । धनुषाका परवाहा निवासी सुरजित मिश्राले मलखादमा पनि ठुलाबडाले सोर्स फोर्स लगाएर सहजै पाउने गरेको र निमुखा सोझा साझा किसानहरु भने ब्ल्याकमा किन्न बाध्य छन भन्ने आरोप लगाए । उनले सहकारी संस्थाहरुले सबैलाई समान रुपमा वितरण गर्नु पर्ने होइन र भन्ने प्रश्न गर्दै उनी भन्छन –‘ किसानलाई हेर्ने कोही छैन त्यसैले त कृषि प्रतिको उत्साहमै कमि आएको छ , पहिला पहिला १०० मन उत्पादन गर्ने किसानले अहिले २० मन उत्पादन गर्न पनि धौधौ पर्ने अवस्था छ के यसको जिम्मेवार राज्य होइन र । ’ महोत्तरी तथा धनुषाका सीमावर्ती क्षेत्रका किसानहरुले यस अघि भारतबाट लुकिछिपी ल्याउने गर्दथे तर कोरोना महामारी पछि विगत दुई वर्षदेखि सीमामा कडाईको साथ चेकजाँच हुन थालेपछि नेपालमा रासायनिक मलको अभाव चरममा पुगेको अवस्था छ ।

Comment

Related News

Latest News

Trending News