२०७८ भाद्र २३, बुधबार ०८:०१

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले राजनीतिकमा बौद्धिक व्यक्तिको आगमनले विधिको शासन कायम हुने तर्क गरेका छन् ।

मंगलबार जनकपुरका ख्याती कमाएका डाक्टरहरुलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताए । बौद्धिक वर्ग सक्रिय हुँदा राजनीतिमा शासन हुन्छ, उनले भने– मुर्खहरुको जमातले राजनीतिमा कुशासनले प्रश्रय पाउँछ । पेशासँगै राजनीतिलाई अगाडी बढाउन अध्यक्ष यादवले नवप्रवेशी डाक्टर हरुलाई शुभकामना ज्ञापन गर्दै बौद्धिक व्यक्तित्वहरुले राजनीतिको डाइग्नोसिस गर्ने विश्वास व्यक्त गरे । बालरोग विशेषज्ञ डा. कर्मेन्द्र यादव, डा. दिपु यादव, डा. सिदेश यादव, रेडियोलोजिष्ट डा. अरुण कुमार गोइत, अर्थोपेडिक डा. रितेश कुमार, डेनटिष्ट डा. निमु यादव, डेनटिष्ट डा. ललिता यादव, डेनटिष्ट डा. बिनिता अधिकारी लगायतलाई जसपा नेपाल अध्यक्ष यादवले पार्टीमा स्वागत गरेका थिए । जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य डा. रिना यादव, चमेली देवी दास, पार्टीका मधेश प्रदेश समिति सदस्य शेषनारायण यादव, प्रादेशिक अस्पताल जनकपुरका मेसु डा. प्रमोद यादव, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जीतेन्द्र यादव, बौद्धिक पेशाकर्मी महासंघका धनुषा अध्यक्ष ब्रजकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News