जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले एक घर एक धाराको संरचना अगाडी बढाउन पहल थालेका छन् ।
मंगलबार जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहको पहलमा नेपाल खानेपानी संस्थान र उप– महानगरपालिकाविच यस बिषयमा छलफल समेत भएको छ । जनकपुरधाम उप– महानगरपालिका र खानेपानी संस्थानले नगर क्षेत्र भित्र खानेपानी आपूर्तिकालागि जाइका, भारतीय दुतावास लगायतका संस्थाहरुलाई नगर क्षेत्र भित्र एक घर एक धारा खानेपानी वितरण गर्ने आवश्यक संरचना निर्माण गरिदिनकालागि आवश्यक सहयोग व्यवस्था हुन तालुकवाला मंत्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै वडा ५ लाई नमुना वार्डकोलागि २४ घण्टा खानेपानी आपूर्तिकालागि आवश्यक संरचनाले खानेपानी संस्थाले निर्माण गर्ने भएको छ । उप–महानगरपालिकाले खानेपानी संस्थान संग नियमित समन्वयकोलागि दुवै संस्थावाट एक एक जना फोकल पर्सन तोक्ने निर्णय गरिएको हो । उप–महानगरपालिका वडा ४, ८, १६ र १९ वडामा एक घर एक धाराकोलागि पहल शुरु भएको छ । संगै विदेशी दातृ निकायलाई सहयोग गर्नकालागि आह्वान गरिने भएको छ । बैठकमा नगर प्रमुख साह, नेपाल खानेपानी संस्थानका अध्यष गुणखर भूसाल, योजना प्रमुख विरेन्द्रकुमार यादव, नेपाल खानेपानी संस्थान सदस्य वीरेन्द्रकुमार यादव, बासुदेव अर्याल लगायतको उपस्थिति रहेको थियो ।


