अपडेट 
२०७८ भाद्र २३, बुधबार १४:२५

जनप्रतिनिधिहरुलाई आफूले चाहेको पार्टी रोज्न निर्वाचन आयोगले दिएको समय सकिएको छ । निर्वाचन आयोगले भदौ २२ गते बेलुकी ५ बजे सम्मको समय जनप्रतिनिधिहरुलाई दिएको थियो ।

आयोगले दल रोज्न दिएको समयमा रौतहटमा नेकपा एमालेबाट निर्वाचित भएका ८४ जना जनप्रतिनिधिले नयाँ गठन भएको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन । मंगलबार बेलकी अन्तिम दिनसम्म नेकपा समाजवादीमा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बताउनुभयो । रौतहटमा नेकपा एमालेबाट १ जना उपमेयर, १८ जना वडाअध्यक्षसहित १ सय ५ जनाले विभिन्न पदमा चुनाव जितेका थिए। जसमध्ये ७ जनाको निधन भइसकेको छ । यसैगरी, जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका ८७ जना जनप्रतिनिधिहरुले महन्ठ ठाकुरको अध्यक्षतामा नवगठित लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् ।

गौर नगरपालिकामा जसपाबाट निर्वाचित ३६ जना जनप्रतिनिधिहरु उपमेयर किरण ठाकुर बाहेक अन्य ३२ जना लोसपामा रहने गरी जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन् ।

Comment

Related News

Latest News

Trending News