२०७८ भाद्र २४, बिहीबार ०७:०२

जनकपुरधाम । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि क्रियासिल सदस्यता बितरणमा भद्रगोल भएपछि वडा अधिवेशन अनिश्चित बनेको छ ।

प्रदेश२ मा बुधवार साँझ सम्म क्रियासिल सदस्यताको टुंगो लाग्न सकेको छैन् । केन्द्रिय सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधिको गृह जिल्लामापनि क्रियासिल सदस्यताको टुंगो लागिसकेको छैन् ।क्रियासिल सदस्यता सार्वजनिक नहुँदा अधिवेशन अन्यौलमा परेको नेकाँ धनुषाका युवा नेता एवं जिल्ला सभापतिका प्रत्याशी राजकिसोर सिंहले जनाए । ‘वडा अधिवेशन भदौ २६ र २७ गते हुने भने चर्चा चलेपनि त्यो अब संभव भने छैन्’उनले भने, अधिवेशनका लागि क्रियासिल सदस्यताको नै टुंगो लागिसकेको छैन् ।अर्का युवा नेता कुमरकान्त झालेपनि अधिवेशन अहिले हुने संभावना छैन् । प्रदेश २ को समग्रमा सभापति शेरबहादुर देउवाको पक्ष बलियो छ ।८ मध्ये ४ जिल्ला सभापति देउवाको पक्षमा खुलेको देखिन्छ ।३ जिल्ला सभापति निधिको पक्षमा खुलेका छन् ।प्रदेश २ मा भदौ महिनामा अधिवेशन प्रारम्भ हुने संभावना कमजोर देखिएको युवा नेता धिरेन्द्रमोहन झाले जनाए । धनुषा र बारा जिल्लामा क्रियासिल सदस्यको जति विवाद अन्य जिल्लाहरुमा देखिएको छैन् ।तर सुची सार्वजनिक नहुँदा सबै अन्योलमा रहेको झाले बताए । प्रदेश २ मा संगठनात्मक संरचना काँग्रेसको सशक्त रहेपनि आन्तरिक विवाद उत्कर्षमा रहेको छ ।

अधिवेशनले काँग्रेसमा उर्जा भन्दापनि कलह बढाउने स्थिति देखिएको पुराना नेताहरु बताउँछन् । प्रदेश २ को सरकारमा सहभागि भएको काँग्रेसका तीन जना मन्त्रीबीचपनि विवाद चुलिएको छ ।त्यसमा पनि पार्टी विभाजित भएको छ ।वडास्तर सम्म संगठन रहेको काँग्रेस पार्टी पछिल्लो पटक भएको प्रदेश सभा र संघीय निर्वाचनमा प्रदेश २ मा अत्यन्त कमजोर देखिएको थियो ।

 

Comment


Related News