वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घ र भंसार विभागको संयुक्त तत्वाधानमा दुई दिवसीय उत्पत्तिको प्रमाणपत्र सम्बन्धी तालिम सम्पन्न भएको छ ।
उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) लाई सिङ्गल विन्डो सिस्टम मार्फत् अनलाईन इन्ट्री गर्ने व्यवस्था नेपाल सरकार भंसार विभागले अघि सारे पछि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उद्योग वाणिज्य सङ्घहरुलाई अबदेखि अनलाईन मार्फत जारी गर्ने गरी पहल गर्न र सो सम्बन्धमा निर्यातकर्ता र उद्योग वाणिज्य सङ्घहरुको भूमिकाका बारे प्राविधिकहरुले तालिममा विस्तृत रुपमा बताएका थिए । स्थलगत रुपमै निर्यातकर्ता र जारी गर्ने संस्था उद्योग वाणिज्य सङ्घका सचिवालयका कर्मचारीहरुलाई अनलाईन जारी गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाका सम्बन्धमा भंसार विभागका प्राविधिक र नेपाल उद्योग वाणिज्य महासङ्घका प्राविधिक सम्मिलित टोलीले तालिम दिएका थिए । यस अघि वीरगञ्ज उद्योग वाणिज्य सङ्घले भंसार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, निर्देशक सूर्यप्रसाद सेढाई तथा वीरगञ्ज भंसारका मुख्य भंसार प्रशासक विश्वप्रकाश अर्यालसँग सङ्घकै कार्यकक्षमा भेटघाट गरी भंसार लगायत व्यापार सहजीकरणका बारे विस्तृत छलफल गर्दै अनलाईन उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा व्यापक छलफल र अन्तरक्रिया गरेको थियो । उक्त कार्यक्रममा सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले अनलाईन सिओ जारी गर्ने गरी भंसार विभागले थालेको अभियानलाई सफल बनाउन वीरगञ्ज उद्योग वाणिज्य सङ्घ अग्रगामी भूमिकामा रहने बताउँदै दुई दिवसीय तालिमले उद्योग वाणिज्य सङ्घका कर्मचारी र निर्यातकर्ताहरुलाई धेरै सहज भएको र आगामी दिनमा पनि यस सम्बन्धमा तालिम/प्रशिक्षण भई रहनु पर्नेमा जोड दिए ।
कार्यक्रममा भंसार विभागका उपमहानिर्देशक श्यामप्रसाद भण्डारी, वीरगञ्ज भंसारका मुख्य प्रशासक विश्वप्रकाश अर्याल र भंसार विभागका निर्देशक सूर्यप्रसाद सेढाईले अनलाईन तथा सिङ्गल विन्डो सिस्टमका बारे विस्तृत रुपमा जानकारी गराउँदै यसभन्दा अघि हामी म्यानुअल रुपमा काम गर्दा समय बढी लाग्ने बताएका थिए । कार्य सम्पादनमा लागत तथा झन्झट र सरकार तथा सेवाग्राही दुवै पक्ष सन्तुष्ट नरहने अवस्थालाई निरुपण गर्न यो अनलाईन सिङ्गल विन्डो सिस्टमले विगतमा कर्मचारीहरुले आफ्नो टेबलमा आएको फाइल थन्काएर काम नगर्ने प्रवृत्तिलाई समेत निरुत्साहित गर्ने विश्वास व्यक्त गरिएको थियो । क र्म च ा र ी ल ा र्इ जिम्मेवार र उत्तरदायी बनाउने र सेवाग्राहीहरु समेतले आफ्नो काम सहजतापूर्वक कम समय र कम लागतमा सम्पादन गर्ने भएकोले यसको महत्व र उपयोगिता आजको परिवर्तित समयमा बढेर गएको धारणा उनीहरुले व्यक्त गरेका थिए । पर्सार बाराका गरी २० जनाको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक धनबहादुर प्रजापति, मिलाप श्रेष्ठ, अरुण पौडेल, ईश्वरकुमार सिंह, अर्जुन श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण मनोज उपाध्यायले गरेका थिए ।


