अपडेट 
२०७८ भाद्र २५, शुक्रबार ०७:०५

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मानव भएर मानवको संवेदनशिलतालाई बुझनु आवश्यक रहेको बताएका छन् ।

रोटरी क्लव अफ जनकपुरधामले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले अहिलेको युगमा मानवताको रक्षाका लागि सबैलाई हातेमालो गर्नु आवश्यक रहेको बताए । उनले रोटरी क्लवको विश्व इतिहासलाई चर्चा गर्दै भने,रोटरी क्लवले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा दिएको योगदान अनुकरणीय छ । रोटरी क्लव जनकपुरधामले पनि आउने समयमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा लगानी गरेर मानवतालाई बढावा दिनुको संगै देशको विकासमा पनि आफनो अग्रणी स्थान बनाउन आवश्यक छ । उनले रोटरी क्लव जनकपुरधामका चयन भएका नयाँ पदाधिकारीहरुलाई वधाई समेत दिएका थिए । रोटरी क्लव अफ जनकपुरधामको प्रेसिडेन्टमा विजय कुमार झुनझुनबाला चयन भएका छन् । त्यसैगरि प्रेसिडेन्ट नोमनीमा निर्मल कुमार चौधरी चयन भएका छन भने तीन भाइस प्रेसिडेन्ट क्रमश \; चन्द्रशेखर अग्रवाल,डा. राम केवल साह र प्रमोद कुमार अग्रवाल चयन भएका हुन् ।

त्यस्तै क्लव सेक्रेटरीमा निर्मल कुमार सिंघानिया,ज्वाइन्ट सेकरेटरीमा बलराम साह,ट्रेजररमा सुरीता साह र ज्वाइन्ट ट्रेजररमा मनोज कुमार अग्रवाललाई चयन गरिएको छ । त्यसैगरि क्लवका डाइरेक्टर हरुमा राम बाबु गुप्ता,प्रदिप कुमार चौधरी,ललित कुमार वजाज,डा जिवेन्द्र कुमार झा र जितेन्द्र कुमार महासेठलाई चयन गरिएको छ भने अन्य पदाधिकारीहरुमा अजिशेख कुमार चौधरी,मनिष रमन साह र प्रदिप कुमार दत्त लाई चयन गरिएको जनाइएको छ । चयन भएका पदाधिकारीहरुलाई प्रेसिडेन्ट झुनझुनबालाले सपथ गराएका थिए ।

 

Comment

Related News

Latest News

Trending News