अपडेट 
२०७८ भाद्र २५, शुक्रबार ०८:५७

जलेश्वर । एक साता अघि सम्म अस्त–व्यस्त बनेको जलेश्वर नगरपालिकाको ट्राफिक व्यवस्थापनमा क्रमिक सुधार हुँदै गएको छ ।

ट्राफिक व्यवस्थापनप्रति उदासिन जलेश्वर नगरपालिका र ट्राफिक प्रहरी कार्यालय जलेश्वरले संचारमाध्यमहरुमा समाचार आएपछि यसतर्पm सक्रियता देखाएको हो । ट्राफिक कार्यालय जलेश्वरले उपलब्ध स्रोत साधनले भ्याउन धौ–धौ पर्ने गरेको गुनासो कार्यालय प्रमुख दिपेन्द्र पाण्डेको छ । जलेश्वर कार्यालयले नगर क्षेत्र , भिठ्ठामोड , मटिहानी , एकडारा, बखरी तथा प्रकौली आगेपुर सम्मको सडकको जिम्मेवारी पाएको छ । ‘ एउटा मोटरसाईकलको भर छ , तथापि हामीले हाम्रो बेष्ट दिने प्रयास गरेका छौं,उनले भने–‘जलेश्वर नगरपालिकाले नगर प्रहरी खटाउँदा सहयोग पुगेको छ ।’ जनशक्ति अभावको समस्या एकातिर छ भने अर्कोतिर जनचेतनाको अभावले गर्दा नगर क्षेत्रमा जत्ताततै सवारी पार्किंग गरिदिने, लेनको बारे फिटिक्कै जानकारी नै नहुनुले नगर क्षेत्र अस्तव्यस्त बनेको छ । ट्राफिक चिन्हहरुको प्रयोग गर्नु पर्ने पार्किंग, नो पार्किंग जस्ता बोर्डहरु तत्काल लगाउनु पर्ने आवश्यक देखिएको छ । तर बोर्डको लागि जलेश्वर नगरपालिका समेत उदासिन देखिएको आमगुनासो छ । यता जलेश्वर नगरपालिकाले तत्काल ट्राफिकलाई सहयोग हुने गरि बजार क्षेत्रको प्रमुख कार्यालयहरु अगाडि खटाउन थालेका छन् । ‘जसले धेरथोर ट्राफिक व्यवस्थापनमा सुधार नदेखिएको होइन स्थायी पार्किंगको व्यवस्थापन तत्काल आवश्यक छ । यस प्रति स्थानीय निकाय संवेदनशिल हुनै पर्छ ।

ट्राफिक समस्याको स्थायी निदानको लागि बजार क्षेत्रमा पार्किंग निर्माणको योजना बनाईसकेको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले जानकारी दिए । नगर क्षेत्रको ट्राफिक व्यवस्था चुस्त दुरुस्त पार्न नगर प्रहरीहरुलाई बिहान ६ बजेदेखि बेलुकी ६ बजे सम्म महेन्द्रचोक , मालपोत कार्यालय महोत्तरी सहितका स्थानमा खटाईएको र सोले सुधार समेत देखिएको भएपनि स्थायी समाधानको लागि अझै पनि काम गर्न बाँकी रहेको मेयर मिश्रले बताए । ट्राफिक व्यवस्थापन नियमित प्रक्रिया रहेकोले यसको स्थायी समाधान नै उत्तम विकल्प हो ।

Comment

Related News