अपडेट 
२०७८ भाद्र २५, शुक्रबार ०९:१३

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय कार्यालय जनकपुरमा पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षकहरुले गरेको तालाबन्दी बिहीवार पनि खुल्न सकेन ।

वार्ता गर्ने वातावरण नबनेपछि तालाबन्दी जारी राखेको आन्दोलित शिक्षकहरुले बताएका छन् । करार नियुक्ति माग्दै उनीहरु विगत १५ दिनसम्म सांकेतिक आन्दोलन गरे । तर विश्वविद्यालयले कुनै चासो नदेखाएपछि उनीहरु बुधवार उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरे । बिहीवार उपकुलपति प्रा. भरत झाले प्रहरीलाई बोलाएर ताला फोडे । तर आन्दोलित शिक्षकहरु पुनः ताला लगाए । माग पुरा नभएपछि आन्दोलित ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षकहरु तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति प्रा. झाले छलफलका गर्न तयार भएका थिए । तर वार्ता गर्न प्रतिनिधिमै कुरा नमिलेको बताइएको छ । उपकुलपति डा. झाले ताला खोलेर बार्ता गर्न भनेपछि आफूहरु अस्वीकार गरेको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले बताए । उपकुलपति डा. झाले नै माग पुरा गर्न नचाहेको आरोप आन्दोलित शिक्षकहरुको छ । स्थापना कालदेखि नै आफूहरु कार्यरत रहेकाले कानून बमोजिम करारमा नियुक्ति गर्न मिल्ने उनीहरुको दावी छ ।

Comment


Related News

Latest News

Trending News