अपडेट 
२०७८ भाद्र २६, शनिबार ०७:१३

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले सामाजिक सद्भाव घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुक्रवार जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा मेयर साहले समाजमा विकृति मौलाउँदै गएको जिकिर गरे । एकअर्काको सुखदुखको वास्ता नगर्दा अहिले आत्महत्याको घटना बढ्दै गएको मेयर साहले जिकिर गरे । हरेक व्यक्तिमा मनोकांक्षा रहेको हुन्छ, उनले भने–‘मनोकांक्षालाई परिवारजनले बुझनु जरुरी छ ।’ समाजलाई सुन्दर र सफल बनाउनु छ भने सबैले आ आफनो आफन्तको ख्याल राख्नुपर्ने आवश्यक्ता उनले औंल्याए । इन्सेक,लैगिंक हिंसा न्युनिकरण संजाल,ओरेक,एडभोकेसी फोर म,निल हिरा समाज,आसमान नेपाल,जिल्ला प्रहरी कार्यालय धनुषा, कोशिस लगायतका संस्थाहरुको सहकार्यमा आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको विन्धी टोलको परिक्रमा गर्दै स्थानीय विद्यालयमा जनचेतना मुलक नाट्क समेत मंचन गरिएको थियो । कार्यक्रममा जनचतेतना मुलक नाटक प्रस्तुती गरेका युवाहरुलाई प्रोत्साहन स्वरुप मेयर साहले प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,धनुषाका प्रहरी उपरिक्षक प्रकाश रानाभाट,समाजसेवी अमरचन्द्र अनिल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News