२०७८ भाद्र २६, शनिबार १९:३५

जनकपुरधामको भ्रमरपूरा चौक स्थित टिभिएसको शोरुमबाट एक जना ग्राहकले टिभिएस रेडोन मोटरसाईकल खरिद गर्दा लक्की ड्र पुरस्कारमा १०० प्रतिसत क्यास ब्याक जितेका छन ।

धनुषाको सकिम धोबीले १ लाख पच्छहत्री हजारमा आफ्नो छोराको लागि खरिद गरेको मोटरसाईकलमा लक्की ड्र अन्तर्गत सम्पूर्ण रकम क्यास ब्याक पाएका छन । शनिबार जनकपुरधाममा धनुषा र महोत्तरी जिल्लाका टिभिएस शोरुमका टेक्निसियनहरुका लागि आयोजित पी जि एम कार्यक्रममा पुरस्कार विजेता सकिम धोबीलाई मुरारी अटोमोबाईलस (टिभिएस शोरुम) जनकपुरधामका चेयर पर्सन संजिब कुमार महत्तोले पुरस्कार जितेकोमा बधाई दिनु भएको थियो ।

कार्यक्रममा धनुषा र महोत्रीका टेक्निसियनहरुलाई नयाँ मोटरसाईकल र प्रविधीबारे जानकारी गराईएको थियो भने नयाँ प्रबिधीले काम गर्न सहज हुने उद्येश्यले अत्याधुनिक उपकरणहरु प्रदान समेत गरिएको थियो । धनुषा लगाउत देशभरिमा टिभिएको मोटरसाईकल र स्कुटी गा्रहकहरुको माझ अति लोक प्रीय साबित भएको छ ।

केहि वर्ष पहिला मात्रै जनकपुरधामकै एक जना ग्राहले पुरस्कारमा टिभिएको सबै भन्दा महगो मोडल आर आर जितेका थिए ।

Comment


Related News

Latest News

Trending News