
गणेश चतुर्थीको अवसर पारेर जनकपुरधाममा भव्य मेलाको आयोजना गरिएको छ ।
गणेश युवा कमिटि जनकपुरधामको आयोजनामा स्थानीय रामचोकस्थित गणेश मन्दिरमा गणेश जन्मोत्सव मनाईंदैछ । शुक्रबार चतुर्थी तिथिको दिन धनुषसागरको पश्चिमवर्ती तटमा अवस्थित गणेश मन्दिरमा विधिबिधान पुर्वक पुजा प्रारम्भ भएको छ । पुजा प्रारम्भ भएपछि शनिबारदेखि भदौ बुधबार सम्म मेलाको आयोजना गरिएको जानकारी कमिटिका अध्यक्ष सन्तोष कुमार महतोले दिए । विक्रम सम्वत २०५५ सालमा यहाँ गणेश पुजा प्रारम्भ गरेको थियो सोही परम्परा अनुसार प्रत्येक वर्ष गणेश जन्मोत्सव भव्यताका साथ मनाईंदै आएको छ । विगत केही वर्ष पुर्व सम्म पुजाको अवसरमा भक्तजनहरुको मनोरंजनको निम्ति सांस्कृतिक कार्यक्रम , नाटक प्रदर्शन सहितका कार्यक्रमको आयोजना समेत हुने गरको तर कोरोनाको कारणले गत दुई वर्षदेखि यस्तो कार्यक्रमहरु स्थगित गर्नु परेको अध्यक्ष महतोले बताए । ज न क प ु र ध ा म उपमहानगरपालिकाले पुजाको अवसरमा सर–सफाईलाई गंभिरताका साथ कार्य गरेर मेला आयोजकलाई सहयोग गरेको अध्यक्ष महतोले बताए । लगातार २३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको गणेश मेलाको अवसरमा यस वर्ष पनि मन्दिर तथा रामचोक स्थित रामटावरलाई दुल्ही झैं सजाईएको छ ।
ऐतिहासिक पोखरी धनुष सागरको तटमा अवस्थित गणेश मन्दिर वरपरका क्षेत्र रमणीय स्थलको रुपमा परिणत भएको छ । विधिविधानका साथ पुजा अर्चना गर्नूका साथै परसादी वितरण बाहेक लटरी तथा अन्य कुनै पनि त्यस्तो भिड लाग्ने कार्यक्रम कोरोनाको कारण स्थगित गर्नु परेको अध्यक्ष महतोको कथन छ ।