
जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिकााा मेयर लालकिशोर साहले युवाहरुलाई लागूऔषध र र्दुव्यसनीबाट जोगाउन खेलकुद उत्तम माध्यम रहेको बताएका छन् ।
नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ ले शनिवार विहान आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साहले खेलकुदमा लागेका युवाहरुको स्वास्थ्य राम्रो हुनुको साथै अनुशासित बनाउने गरेको बताए । विद्यालय स्तरबाटै युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्नुपर्ने बताउदै मेयर साहले भने,‘ खेलकुदमा लाग्ने अधिकांश युवा लागूऔषध र र्दुव्यसनीबाट टाढा रहन्छ र अनुशासित पनि बनाउने भएकोले खेलकुदमा जोड दिदै आएको छु ।’ खेलकुदकै महत्व दिएर जनकपुरधाम उपमहनगरपालिकाले मेयर कपको आयोजना गरेको स्मरण गर्दै मेयर साहले भने,‘खेलाडी राष्ट्रियको गहना मात्रै नभई सम्पति पनि हो । यसले स्वदेश र विदेशमा आफ्नो मुलुक र ठाउँको पहिचान दिलाउने गरेको छ ।’ कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खेलकुदको विकासको लागि सामुदायिक विद्यालयहरुमा खेलका प्रशिक्षकहरुलाई भर्ना गरि विद्यार्थीहरुलाई नियमित खेलकुदको प्रशिक्षण दिनुपर्ने बताए । लागूऔषध नियन्त्रण तथा र्दुव्यसन रोक्न विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाले वर्षेनी लाखौ रुपैयाँ खर्च गरिरहेको हुन्छ, अध्यक्ष महासेठले भने,‘ त्यसको अनुपातमा खेलकुदमा खासै बजेट खर्च गरिदैन । त्यसकारण सम्बन्धित निकायले यसमा ध्यान दिनु अहिलेको आवश्यकता हो ।’
नेपाल क्युकोशिन कान कराते संघ प्रदेश २ का वरिष्ठ प्रशिक्षक मो. असगर खानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा फुल कन्टेक्ट करातेको बेल्ट टेस्टिङमा ब्ल्याक बेल्टमा उर्तिण भएका जनकपुरका ५ जना खेलाडीहरु अरमान साफी, अरमान खान,तौसिफ अलि खान, इरफान शेष र साविर हुसेनलाई सम्मान गरिएको थियो ।