२०७८ भाद्र २७, आईतवार ०७:४७

जलेश्वर । महोत्तरीको गौशाला–२ निगौलमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । स्थानीय बिजन कुमार महराको अन्दाजी २२ वर्षिया श्रीमती प्रिती देवी महराको रहस्यमय मृत्यु भएको हो ।

रक्सी खाएर आएका बिजन र प्रिति बिच शुक्रबार राति भनाभन भएको थियो । भनाभन पछि संगै सुतेको प्रिति बिहान ६ बजेतिर छानामा झुण्डिएको अवस्थामा देखिएको श्रीमान बिजनलाई उद्धृत गर्दै गौशाला प्रहरी चौकीका प्रहरी निरीक्षक विष्णु बस्यालले बताए । ‘ म रक्सी खाएर आएपछि श्रीमतीले पटक–पटक म अब फाँसी लाग्छु भनेको र सो कुरोलाई आफुले मजाक सम्झेर सुतेको र बिहान उठ् दा उनको झुण्डिरहेको शव देखे ’– श्रीमान बिजनले बताए । श्रीमानले प्रिति झुण्डिरहेको भनेपनि प्रहरीले शव कोठामा ओछ् यानमै सुतिरहेको अवस्थामा बरामद गरेको प्रनि बस्याँलले जनाए । जनकपुरधाम उपमहानगरपालिका पुलचोक निवासी मृतकका बुवा दिपु महराले भने छोरीको हत्या गरेर झुण्ड् याएको आरोप लगाएका छन । दुई महिना अघि मात्रै विहे भएको प्रितिले आत्महत्या गर्ने कुनै कारण नै नरहेको दावी गर्दै दिपु महराले भने –‘ घटनाको अनुसन्धान हुनु पर्छ , झुण्डिएको शवलाई किन खोल्नु प¥यो ? ’ भन्ने प्रश्न समेत उनले गरे । शवलाई अहिले पोष्टमर्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । पोष्टमर्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी दिनेश आचार्यले बताए । मृत्यु पछि शवको लुगा फेरेर मेकअप समेत गरिएको पाईएको जानकारी दिँदै एसपी आचार्यले घटनाको अनुसन्धान जारी रहेकोले हत्या हो कि आत्महत्या अहिले केही पनि भन्न नसकिने प्रष्ट पारे ।

हामीले शुक्रबार राति छोरीसंग गफ गर्न पटक पटक फोन गर्दा फोन नउठेको र बिहान अचानक तपाईको छोरीको मृत्यु भएको खबर पाएपछि शनिबार बिहान ९ बजे पछि मात्रै प्रहरी आएको दिपु महराले जनाए ।

Comment


Related News