
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जातीय संस्थाहरुलाई आ आफना जातीलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा अगाडी बढाउनका लागि सक्रिय हुन आग्रह गरेका छन् ।
हलुवाई सेवा समितिको साधारणसभालाई शनिवार सम्वोधन गर्दै मेयर साहले जातीय उत्थानका लागि खुलेका संस्थाहरुले आ आफनो तबरबाट काम गरि जातीय उत्थान गर्नु र हरेक क्षेत्रमा अगाडी बढाउनु आवश्यक रहेको बताए । उनले पिछडा वर्गमा पर्ने हलुवाई सेवा समितिले पनि समाजमा आफुलाई अग्रपंतिमा खडा गर्नका लागि संस्थागत रुपमा मात्र काम नगरि जातीय उत्थानका लागि पनि कदम बढाउनुपर्ने बताए । उनले हलुवाई समिति संस्था निमार्ण गर्ने समय आफु पनि संलग्न रहेको र यस संस्थालाई अगाडी ल्याउनका लागि संस्थाका पदाधिकारीहरुले पहल गर्नुपर्ने समेत बताएका थिए । कार्यक्रममा हलुवाई सेवा समितिका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।