अपडेट 
२०७८ भाद्र २७, आईतवार १२:१०

जनकपुरको प्रसिद्ध राजदेवी पूजा एवं विजया दशमीका लागि महाविर यूवा कमिटीको ५५ औं साधारण सभाबाट विभिन्न समितिहरु चयन गरिएको छ ।

हरेक वर्ष जनकपुरमा भव्यताका साथ कमिटीले दशैं मेलाको आयोजना गर्छ । दशैंमा यहाँ १० हजार बढी बोकाबो बली चढाइन्छ । त्यसैले ठेहा चलाउनेहरुको चर्चा हुन्छ । यसवर्ष ठेहा संयोजको जिम्मेवारी आशुतोष साह ‘छोटु’लाई सुम्पिएको छ ।यस्तै मुल पुजा संयोजकमा दिपक यादब, सुरक्षा समिती संयोजकमा धिरज बिक्रम साह, रमाइलो मेला संयोजकमा बिजय यादब, भजन सन्ध्या संयोजकमा बलराम साह, भब्य श्रृङ्गार संयोजकमा नितेश ययसबाल, खोइच भराइ संयोजकमा शम्भु साह, प्रशाद संयोजकमा सुनिल मिश्रा, रावन बध संयोजकमा रन्जन जयसवाल चयन भएका छन् ।यस्तै विज्ञापन संयोजकमा दिपक गुप्ता, कोभिड संयोजकमा सन्जिव साह, बिजय जुलुस संयोजकमा श्याम साह, खाना ब्यव्स्थापन संयोजकमा सन्तोष शर्मा, लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि, नारिवल संयोजकमा राजु राउत र सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।

Comment


Related News

Latest News

Trending News