अपडेट 
२०७८ भाद्र २८, सोमबार ०७:१०

जनकपुरधाम । भदौ महिनाको शुक्लपक्षको षष्ठी तिथि अर्थात आइतबार हिन्दुधर्मावलम्बीहरुको लागि अत्यन्त मत्वपुर्ण दिनको रुपमा रहेको छ । षष्ठी तिथिको अवसरमा खास गरेर मिथिलाञ्चलको के गाँउ के शहर सबै जातजातिका महिलाहरु आजको दिन व्रत बस्ने गरेका छन् । बिहानै चोखो भई जलाशयमा स्नान गर्ने र नुहाएपछि सात प्रकारको फल , चामल ,तिल , दुबो र चन्दन पानिमा मिसाएर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर आराधना गर्ने प्रचलन रहिआएको छ ।

सोही प्रचलन अनुसार आइतबार धनुषाको गंगासागर , धनुषसागर , दशरथ तलाउ , अग्निकुण्ड , महोत्तरीको जलेश्वर स्थित बरुणसर लगायतका विभिन्न स्थानका जलाशयमा भक्तजन मिथिलानीहरुको भिड नै लागेको थियो । आइतबार बिहानैदेखि चोखो भई दिनभर उपवास तथा बेलुकी पुजा अर्चना गरेपछि फलाहार गर्ने परम्परा भएपनि अधिकांश व्रतालुहरुले रातभर समेत उपवासमा बस्ने गरेका छन् । भदौ महिनाको मध्यको आईतवारमा व्रत बस्नु पर्ने र सोको क्रममा छुटेकाहरुले अन्तिम आईतबारको दिन व्रत बस्ने गरेका छन् । पंचतत्व मध्येको एक सूर्य बिना यस संसारमा केही पनि सम्भव छैन । हरेक सिर्जनाका सर्जक सुर्य देवताको संकल्पनामा यो व्रत गर्ने परम्परा रहिआएको छ । सूर्यको किरणबिना कुनै पनि जीव अनि वनस्पती यस सृष्टिमा बाँच्नै नसक्ने सर्वविदित छ । प्राणीहरुलाई शक्ति एवं प्रकाश उजागर सूर्यले नै गर्ने कसैबाट लुकेको छैन । सुर्यको उपासनाबाट शरिर स्वस्थ रहने मान्यता समेत रहेको छ ।

Comment

Related News