अपडेट 
२०७८ भाद्र २८, सोमबार ०७:२३

जनकपुरधाम । नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका पुर्व धनुषा अध्यक्ष प्रविण साहको नेतृत्वमा एक समुह समाजवादी प्रेस संगठनमा प्रवेश गरेको छ ।

साहको नेतृत्वमा युनियनका वर्तमान धनुषा उपाध्यक्ष अकुल साह, पत्रकारहरु ललन साह, भोला यादव, दिनेश साह लगायतका पत्रकारहरु संगठनमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेश २ इन्चार्ज धर्मनाथ साहले स्वागत गरेका छन् भने संगठनका प्रदेश २ इन्चार्ज प्रकाश खतिवडाले सपथ ग्रहण गराएका छन् । पत्रकार एवं सञ्चार उद्यमी रुपेश सिंहको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा दिलिप दास, ललन कुमार साह र स्मिता झा, सचिवमा अकुल प्रसाद साह, सहसचिवमा भोला यादव र कोषाध्यक्षमा दिनेश साह रहेका छन् । समाजवादी प्रेस संगठनको जिल्ला भेलामा प्रदेश २ का इन्चार्ज धर्मनाथ साहले समाजवाद र समृद्धिको यात्रामा आफनो कलम प्रभावकारी रुपमा चलाउन पत्रकारहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा पुर्व मन्त्री तथा केन्द्रिय सदस्य यदुवंश झाले केपी ओलीको हठी स्वभावका कारण माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठन भएको बताए । उनले पार्टीलाई एकता वद्ध बनाउनका लागि अनेकन प्रयास गरिएपनि केपी ओलीले आफनो हिटलर शैलीलाई त्याग नगरेपछि वाध्य भएर अलग भएको उनले बताए ।

Comment

Related News

Latest News

Trending News