अपडेट 
२०७८ भाद्र २८, सोमबार ०७:३१

रौतहट जिल्लाको बौधीमाइ नगरपालिकाको पाचौ नगर अधिबेशनको पहिलो बैठक आइतवार सम्पन्न भएको छ ।

अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण बाधा अवरोध सृजना भएको उक्त नगरपालिकाको पाचौ आधिबेशन २ महिना पछि भएको हो । मधेशवादी दलका नगर प्रमुख भएको उक्त नगरपालिकामा नेकपा एमाले , नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुले गरेको असहयोगको कारण समयमा हुन् नसकेको नगर परिसर समय भन्दा ढिलो भएको छ । राजनीतिक दलको निर्वाचित जनप्रतिनिधि विच सहमति भएपछी नगर अधिबेशन शान्ति पूर्ण बातावरण मा सम्पन्न भएको हो । नगर प्रमुख राजिव रंजन यादवले अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तु गरेका छन् । नगर प्रमुख यादवले आगामी आर्थिक वर्षको लागि ४३ करोड ६ लाख ६३ हजार ८ सय ६३ रुपैयाको अनुमानित बजेट प्रस्तुत गरेका हुन् , आन्तरिक आयबाट ४० लाख , संघीय सरकारको राजश्व बाडफाडबाट ७ करोड ४४ लाख ८३ हजार , संघीय सरकार वितिय समानीकरणबाट ११ करोड २८ लाख , संघीय सरकार सशर्त अनुदान तर्फ १२ करोड ३७ लाख , प्रदेश सरकार वितिय समानीकरणबाट ७६ लाख ६६ हजार , प्रदेश सरकार राजश्व बाड फाड़ ३० लाख ८४ हजार ८ सय ६३ , सडक बोर्डबाट २१ लाख ३० हजार ,सामाजिक सुरक्षा अनुदान १० करोड र बहु क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ३० लाख रुपैया व्यय रहेको प्रस्तुत नीति तथा कार्यक्रम मा उल्लेख गरिएको छ ।

२१ पेजको लामो प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु , उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ । मेयर यादवले वर्षौ देखि बन्द सिमा नाकाबाट सिमा क्षेत्रमा बसोवास गर्ने समुदायका व्यक्तिहरुलाई धेरै समस्या उत्पन्न भएकोले यस प्रति संघीय सरकारलाइ ध्यान दिन आग्रह गरेका छन् । नगर सभामा प्रतिपक्षी दलका निर्वाचित वडा अध्यक्षहरुले आफुले गरेको गल्तिलाइ ढाकछोप गर्दै मेयर माथि दोष थुपार्ने प्रयत्न गरेका थिए । आर्थिक प्रलोभन र राजनीतिक स्वार्थको कारण बाधा अवरोध गर्ने नेकपा एमाले र माओवादीका निर्वाचित वडा अध्यक्षहरुले मेयर माथि विभिन्न किसिमका लान्छना लगाउने प्रयास गरेका थिए ।

Comment

Related News

Latest News

Trending News