जनकपुरधाम ।जनता समाजवादी पार्टी(जसपा)बाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलको नेतामा बाबुलाल साह कानुले दावी गरेका छन् ।
रौतहट जिल्लाबाट प्रत्यक्ष रुपमा निर्वाचित सभासद कानुले दल बिभाजनको क्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतको समुहलाई सघाएका थिए ।कानुले दलको नेतामा दावी गरेसँगै नेताहरुलाई टाउको दुखाई भएकोछ । तत्कालिन राजपा संसदीय दलको नेता बनाइएका जितेन्द्र सोनलले जसपाबाट छुट्टिने बेला सम्म १० जना सभासदलाई समेट्न सकेनन् ।उनकै कृयाकलापले पूर्व राजपाका १० जना सभासद जसपा छाड्न तयार भएनन् । पार्टी विभाजनको क्रममा नै अध्यक्ष ठाकुरलाई लोकतान्त्रिक बिधि अनुसार दलको नेताचयन गर्नुपर्ने शर्त राखिएको उल्लेखगर्दै कानुले भने, लोकतान्त्रिक बिधि अनुसार बिधान बनाएर नेताको चयन सभासदहरुबाट नै हुने विश्वास दिलाएका हुन् । लोसपामा हाल दलका नेताको प्रमुख दावेदारमा तीन जना देखिएका छन् ।कानु, उपेन्द्र महतो र जितेन्द्र सोनल नेताका लागि दावी गरेका छन् ।प्रदेश २ मा लोसपाको पक्षमा १६ जना सभासद मात्र छन् ।पूर्व राजपा हुँदा २५ जना थिए । सोनल प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री हुँदा ब्यापक अनियमितता गरेको र दलका सभासदहरुलाई वेवास्ता गरेका कारण प्रदेश सभामा कमजोर भएको आरोप सभासदहरुले लगाउँदै आएका छन् । प्रदेश निर्वाचन कार्यालयले लोसपाका सभासदहरुको सुची प्रदेश सभामा पठाइसकेको छ ।लोसपा संसदीय दलका नेता नै प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता हुनेछन् ।१६ जना मध्ये ९ जना सभासदको बहुमत भएका सभासद दलको नेत ाचयन हुनेछन् ।
दलका नेताको प्रत्याशी महतो वरिष्ठ नेता राजेन्द्र महतोका आफ्नै भतिजा हुन् ।सोनल ठाकुरका विश्वास पात्र छन् ।पार्टी विभाजनको बेला नेताहरुले कानुलाई दलको नेता बनाइने विश्वास दिलाएका छन् । ‘लोसपाले प्रदेशमा प्रतिपक्षको जिम्मेवार भूमिका निर्वाह गर्नेछ’ उनले भने, प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिका रचनात्मक हुनुपर्छ ।प्रमुख प्रतिपक्षी दलको भूमिकाले नै सत्तापक्षको भविष्य निर्धारण गर्ने उनले बताए । प्रदेश सरकारको कामकार्वाहीबाट प्रदेशबासीमा ब्यापक असन्तुष्टि र आक्रोश रहेको आरोप लगाउँदै उनले भने, मधेश आन्दोलनमा मधेशीले गरेको लगानीलाई सरकारले सम्मान गर्न सकेको छैन् । दलको बिधान निर्माणको काम भइरहेकाले चाँडै नेताको चयन हुने उनले बताए ।प्रदेशको नामाकरण मधेश प्रदेश गर्न सरकारलाई पूर्ण सहयोग गर्ने उनले जनाए ।तर त्यसका लागि सरकार अगाडी बढनु पर्ने उनको कथन थियो ।


