
बिभिन्न फाईनान्स कम्पनी तथा बित्तिय संस्थानमा काम गरी लामो अनुभव बोकेका सर्लाही जिल्ला विष्णुपुर–६ निवासी रजनीश कुमार सिंह मल्टिपर्पस फाईनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन ।
२०७८ साल भदौ २५ गत्तेदेखि लागु हुने गरि मल्टिपर्पसका प्रमुखका रुपमा सिंह नियुक्त भएका हुन । सिंह यस अघि प्रदेश २ का हजारौं नागरिकको मन जित्न सफल जानकी फाईनान्स कम्पनी लिमिटेडमा कार्यरत थिए । जानकी फाईनान्समा सिंहले तीन वर्ष सम्म प्रमुख कार्याकारी अधिकृत भई सेवा दिएका हुन । बैंकिंग क्षेत्रमा २३ वर्षको अनुभव बोकेका सिंहले बैंक अफ काठमाण्डु लि.को कर्जा बिभागको रिलेसनसिप प्रबन्धकको रुपमा लगातार ८ वर्ष काम गरेका हुन । प्रदेश –२ को सप्तरी , सिरहा , धनुषा , महोत्तरी तथा सर्लाही गरि पाँच जिल्ला कार्यक्षेत्र रहेको मल्टिपर्पसको केन्द्रिय कार्यालय सप्तरी सदरमुकाम राजविराजमा रहेको छ । प्रमुख कार्यकारी अधिकृतमा सिंहको नियुक्ती भए संगै मल्टिपर्पसको कार्यक्षेत्र रहेको जिल्लाको विभिन्न स्थानहरुमा शाखाहरु विस्तार गर्ने योजना समेत अघि सारिएको मल्टिपर्पस स्रोतले जनाएको छ । कम्पनीले चालु आर्थिक वर्षमा पाँच वटा शाखाहरु स्थापना गर्ने जनाएको छ । सिंहको नियुक्तीले शाखा विस्तारको काम पनि द्रुत गतिमा हुने अपेक्षा गरिएको छ ।
जनकपुरधामबाटै आप्mनो कारोबार प्रारम्भ गरि थोरै समयमै धेरै नाम कमाउन सफल सहयोग विकास बैंकको प्रमुख कार्यकारी अधिकृत भई १२ वर्ष सम्म सेवा दिएर सिह कर्मचारी मात्र होइन सेवाग्राहीहरुको मन समेत जित्न सफल बनेका छन । अन्य कमर्शियल बैंक भन्दा धेरै ब्याजदर , आधूनिक बैंकिंग सुविधा सम्पन्न सेवा दिने मल्टिपर्पसको प्रमुखमा सिंहको नियुक्तिले सेवाग्राहीहरुले उच्चस्तरको सेवा पाउने सिंह संग सहयात्री भई काम गरेका बैकर्सहरुको अपेक्षा रहेको छ ।