अपडेट 
२०७८ भाद्र २९, मंगलवार ०७:३६

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पर्ने गोदारमा यार्सा गुम्बा जनक कप फुटबल प्रतियोगिता हुने भएको छ ।

नयाँ यूवा नयाँ सोच नेपाल नाम संस्थाले अगामी असोज ३ गतेबाट फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । प्रतियोगिताबारे ढल्बेबरमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा प्रदेश २ का आठै जिल्लाबाट एक÷एक टिम सहभागी हुने आयोजक संस्थाका अध्यक्ष उलन यादवले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार र द्धितिय हुने टिमलाई नगद २१ हजार पुरस्कार प्रदान गरिनेछ । यस्तै शिल्ड र प्रमाणपत्र पनि दिइनेछ । साथै प्रायोजकहरुले उपलब्ध गराउने सेवा पनि खेलाडीहरुलाई प्रदान गरिनेछ । पत्रकार सम्मेलनमा प्रतियोगिताका मुख्य प्रायोजक यार्सा गुम्बा मदिरा कम्पनीका प्रोडक्सन म्यानेजर गुलाटीलाल चौधरीले फुटबल महासंघ नेपालका महासचिव अच्यूतम बराललाई फुटबल हस्तान्तरण गरेका थिए । फुटबल हस्तान्तरण गर्दै महासचिव बरालले अगामी दिनमा पनि निरन्तर यार्सा गुम्बाबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । प्रतियोगिता म्यानेजमेन्ट कमिटी अध्यक्ष शैलेन्द्र यादवले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेपनि पछिल्लो समय लोप हुन थालेपछि प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

विभिन्न खेलकुद प्रतियोगिता गराएर खेल क्षेत्रको विकास गर्न जरुरी रहेको उनको भनाई थियो । यार्सा गुम्बा मदिरा कम्पनीले प्रतियोगिताका लागि ६ लाख रुपैयाँ सहयोग गरी मुख्य प्रायोजक बनेको छ । यस्तै प्रतियोगिताका अन्य प्रायोजकले ३ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News