२०७८ भाद्र २९, मंगलवार १५:३५
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ । सभामुख अग्नि सापकोटाले एमालेको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए ।
संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएका थिए । कारवाही सुरु भएलगत्तै एमाले सांसदहरु प्रतिनिधि सभा अवरोधका लागि वेल घेर्न पुगेका थिए । प्रतिनिधि सभाले शोक प्रस्तावसमेत पारित गरेको छ । मानबहादुर महतो र रुक्मशमशेर राणाको शोक प्रस्ताव पनि प्रतिनिधि सभा बैठकले पारित गरेको छ ।
कार्यसूचीमा रहेका दुई प्रस्ताव पारित गर्दै प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

