
जनकपुरधाम । धनुषामा चोरले फालेको कागजात पछ्याउदै जाँदा जंगली जनावरलाई मार्न राखिएको विस्फोट पदार्थ पड्किदा हुँदा २ जना घाइते भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–९ स्थित स्थानियको घरमा सोमबार राती चोरी भएको र चोरले फालेको कागजात संगै गाउँ नजिकै विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चोरले स्थानियको घरबाट नगद र कागजात चोरी गरेका छन् । चोरले काम नलाग्ने कागजात घर नजिकै फालेको अवस्थामा भेटिएको छ । कागजात खोज्दै गएकाहरु सानो बेबारिसे बट्टा छुदा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए । जंगली जनावरलाई पासोमा फसाउने राखिएको विस्फोटक पदार्थ मंगलबार पड्किएको हो । विस्फोटबाट स्थानिय २ जना समान्य घाइते भएका छन । विस्फोट समान्य प्रकारको भएकाले चोरीसंग विस्फोटको घटना जोडन नमिल्ने प्रहरीले जनाएको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ कुम्हराका मनोज यादवको घर नजिकै विस्फोट भएको हो । विस्फोटमा संजिव यादवसहित दुई जना समान्य घाइते भएका छन् । स्थानीय सिटहु यादवको घरमा नगद गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
चोरीको घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।