२०७८ भाद्र ३०, बुधबार ०७:१३

जलेश्वर । महोत्तरीको मटिहानीमा आर्केष्ट्रा देखेर फर्किरहेका युवाहरुमाथि एक समूहले कुटपीट गरेको छ ।

कुटपीटबाट मटिहानी नगरपालिका–८ का अमित चौधरी र निरज चौधरी घाइते भएका छन् । चौधरीद्वयसहित आधा दर्जन युवाहरु सोमबार मध्य राति आर्केष्ट्रा कार्यक्रम देखेर फर्किदै गर्दा वडा नं. ७ का रंजन मण्डल, राकेश राण, आशुतोष मण्डल सहितका युवाहरुले मरनासन्न हुने गरि कुटपिट गरेका छन् । चौधरीद्वयको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । कुटपीटबाट घाईते भएकाहरुलाई उपचारको लागि जलेश्वर अस्पताल र प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । सीमापारी भारतीय बजार मधबापुरमा गणेश पुजाको अवसरमा आयोजित आर्केष्ट्रा देखेर फर्किरहेका अमित ,निरज लगायतका युवकहरुलाई मटिहानी–७ स्थित सडकमै घेरा हालेर चाकु र मुकाले हानेको पीडितले जानकारी दिए । ‘रंजन मण्डल र राकेश राणले हामीलाई मेयरको मान्छे हो भन्दै कुटेको छ । ’ घाँटीको घाउ देखाउँदै रंजन मण्डलले भने । उनले रिसिवी साध्ने उद्देश्यले योजनबद्ध रुपमा यो घटना गराईएको गुनासो पोख्दै न्यायको लागि स्थानीय प्रशासन गुहारेका छन् । गाँउमै गुण्डागर्दी शैलीमा प्रस्तुत भई मौका छोपेर कुटपीट गर्नु निन्दनीय रहेको भन्दै मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले घटनाको दोषीहरु माथि तत्काल कारवाहीको मांग गरेका छन् ।

पुरानो रिसिवीको कारण यस प्रकारको घटना गर्ने दोषीहरु उम्किए दण्डहीनताले प्रश्रय पाउने भएको हुँदा स्थानीय प्रशासनलाई घटना लगत्तै ध्यानाकर्षण गराएको मेयर मण्डलले जानकारी दिए । ‘मध्य रातमा घेरा हालेर आक्रमण गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ , पुरानो रिसिवीले कुटपिट गर्नु गुण्डागर्दी शैली हो तसर्थ दोषीमाथि कडा कारवाही गर्न हामी प्रतिबद्ध छौं ।’ घटना पछि दोषीमाथि कारवाहीको माँग गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेका मटिहानी नपाका स्थानीयवासीलाई एसपी दिनेश आचार्यले भनेका छन । गुण्डागर्दी शैली कदापी बर्दास्त गर्न नसकिने बताउँदै एसपी आचार्यले दोषीलाई कानुन बमोजिम कारवाही गर्न प्रहरी प्रतिबद्ध रहेको बताए ।

Comment


Related News

Latest News

Trending News