अपडेट 
२०७८ भाद्र ३०, बुधबार ०७:२७

जनकपुरधाम । जनकपुरधामस्थित जनकपुर फर्निचरले विश्वकर्मा पुजाको अवसरमा छुट सहित अनलाइन सेवा सुरु गर्ने घोषणा गरेको छ ।

जनकपुरधामस्थित फर्निचरले ३१ औं वर्षगाठको अवसरमा असोज १ गते देखि फर्निचर तथा फर्निसिङ समानहरुको अनलाईन सेवा सुरु गर्न लागेको हो । अनलाइन सपिङ्गमा बेडरुम, लिभिङ्गरुम, डाईनिङ्ग रुम, डेकोराटिभ सेकेन्ड हैण्ड फर्निचर र मोडुलर डेकोरेशन जस्ता श्रोणीका समानहरु अनलाइनबाट खरिद गर्न सकिने जनकपुर फर्निचरले विज्ञप्तिमार्पmत ग्राहकलाई जानकारी गराएको छ । अनलाइन माध्यमबाटै भुक्तानिको व्यवस्थासहित तत्काल जनकपुरमा सेवा सञ्चालन हुने र ग्राहकको सुझाव अनुसार सेवा विस्तार गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । सेवा सुरु भएको दिन देखि १ महिना सम्म मैट्रेसमा २५ प्रतिशत अन्य समानहरुमा ४० प्रतिशत सम्म छुटको अफर राखिएको छ । अनलाइनमा छनौट भएको समाग्री रद्ध गर्न सक्ने सुविधा समेत राखिएको छ ।

Comment


Related News

Latest News

Trending News