
लहान । सिरहाको धनगढीमार्य नगरपालिका १४ का विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
बुधवार आयोजित एक समारोहबीच पार्टी प्रवेश गर्नेमा धनगढीमाई नगर कार्यपालिका सदस्य हिरादेवी मगरसहितका स्थानीय नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । उनीहरुलाई जसपा मधेस प्रदेश अध्यक्ष एवं प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिजय कुमार यादवले अविर लगाएर पार्टी प्रवेश गराए । नव प्रवेशीहरुलाई पार्टीको सदस्यता समेत मन्त्री यादवले प्रदान गरे । पार्टी प्रवेश पश्चात दिलिप लामाको नेतृत्वमा १७ सदस्यीय वडा समिति समेत गठन गरिएको छ । साथै सदस्यहरु पछि समेत थपिने जसपाका युवा नेता डेनोक मोक्तानले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रम दिलिप लामाको अध्यक्षतामा भएको थियो । कार्यक्रमको विशिष्ट अतिथि पूर्वमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य शत्रुधन प्रसाद सिंह थिए । कार्यक्रममा संघीय परिषद सदस्य राम चरित्र प्रसाद साह र जिल्ला अध्यक्ष अशोक यादवको पनि उपस्थिति रहेको थियो ।ब