
गौर । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले संगठन भित्र सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् ।
निर्दोष पत्रकार फसाउने प्रकरणमा तत्कालीन प्रहरी उपरीक्षक शिद्धिविक्रम शाह कारबाहीमा परेपछि रौतहट आएका प्रहरी उपरीक्षक घिमिरेले बुधवार जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको संचारकर्मीहरु विच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा रौतहटमा चर्चित घटनाको रुपमा रहेको लागूऔषध काण्डको निष्पक्ष रुपमा अनुसन्धान हुने बताए । प्रहरी संगठनले दिएको जिम्मेवारी इमान्दारिता साथ निर्वाह गरेर विगतमा भएको कमीकमजोरी ५० मा प्रतिशत कमि हुने भन्दै रौतहटमा प्रहरीले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा अहम भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । प्रहरी संगठन नेपाल सरकारले बनाएको नियम कानुन अनुसार चल्ने भएकोले प्रहरी ऐन र नियमावली अनुसार दिएको कानुनी अधिकार प्रयोग गर्दै पीडितको न्यायको लागि इमान्दारिता पुर्वक कार्य गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा सहभागी भएका जिल्लाका संचारकर्मीहरुले पत्रकारलाई फसाउने कार्यमा संलग्न भएका दोषी लाइ छिटो नियन्त्रणमा लिनु पर्ने , किसानको लागि मल आपूर्तिमा सहजता प्रदान गर्नुपर्ने , घुमुवा आतंक नियन्त्रण , घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउनु पर्ने , पीडितलाइ थप पिडा दिने कार्य बन्द गर्नु पर्ने , मुद्दा दर्तामा सहज बनाउनु पर्ने , दलाली गर्ने माथि कानुनी कारवाही गर्नु पर्ने , महिलासित गर्नु पर्ने व्यवहार सभ्य एवं मर्यादित बनाउनु पर्ने लगायतका जिज्ञासा राखेका थिए ।
पत्रकारहरुले उठाएका विषय बस्तुको जवाफ दिदै प्रहरी उपरीक्षक घिमिरेले जिल्ला प्रहरी कार्यालय भित्र व्यापक रुपमा सुधार गर्नु पर्ने आवश्यकता औल्याउदै आउँदो दिनमा सुधारको परिणाम देख्न सकिने बताए । नेपाल प्रहरीको काँधमा नेपाली नागरिकको सुरक्षाको अभिभारा रहेकोले यसको अनुभूति जिल्ला बासि लाइ गराउने दृढता व्यक्त गरे । उनले भने गरेर देखाउछु विश्वास गर्नुस् । जिल्लामा कुनै पनि घटना हुदा जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा जानकारी गराउन अपिल समेत गरे । सीमा नाकामा उत्पन्न हुने समस्याको विषयमा पहल गर्ने उनले बताए । दांग जिल्लाको लमही नगरपालिका ५ घर भएका घिमिरे प्रदेश २ को महोतरीमा इन्स्पेक्टर भएर बसेको बताए । नेपाल प्रहरी कलेज चितवन भरतपुरबाट रौतहट आएका घिमिरेले जातीय छुवाछुत , बलात्कार , बोक्सीको आरोप जस्तो घटनामा कुनै सम्झौता नगरी कानुनी कारवाही गर्ने चेतावनी समेत दिए । सामाजिक विकृति र जघन्य घटनाको सवालमा कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गर्नबाट पछि नहट्ने उनको भनाइ थियो ।