अपडेट 
२०७८ भाद्र ३१, बिहीबार ०७:११

जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं २ को औरही गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढीकरण र जनजागरण (सुज) अभियान सम्पन्न भएको छ ।

संगठन विस्तार अभियान अन्तर्गत औरही गाउँपालिकाको पौडेश्वर गाउँमा विस्तारित बैठक सम्पन्न भएको हो । पार्टीका वार्ड समिति अध्यक्ष रामजीवन यादवको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागी स्थानीय नेताहरुले संगठन विस्तार अभियानलाई निरन्तरता दिई अघि बढनु पर्नेमा जोड दिए । देशको रुढीवादी पार्टी र प्रतिगामी पार्टीहरू ले लोकतन्त्र र संघीयतालाई धरापमा पार्न पटक पटक षड्यन्त्र गर्दै आएको कारण लोकतन्त्र, संघीयता र समावेशिताको रक्षणका लागि वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल पार्टीको उदय भएको छ । समुन्नत समाजवाद, संघीयता, सुशासन र समृद्धि मुख्य विचारधाराका उदय भएको जसपा नेपाल पार्टी वैकल्पिक शक्तिको रूपमा निकट भविष्यमा स्थापित हुने निश्चित रहेको छ ।

Comment


Related News