
स्थानियतहको निमार्ण भएसंगै खुल्लारुपमा भ्रष्टाचार हुदै आएपनि सम्वन्धित निकायले समयमै कारवाही प्रक्रिया नअपनाउदा जनताको हालबेहाल हुने क्रम जारी नै छ ।
धनुषाको धनौजी गाउपालिकामा एउटै वार्डमा करोडौको भ्रष्टाचार भएको रहस्य वाहिरिएको छ । जनतालाई सेवा दिनका लागि धनौजी गाउपालिका वार्ड नं ३ झोझी कटैया टोलका वार्ड अध्यक्ष रामदुलार मण्डलले विभिन्न शिर्षकमा करोडौ रकम हिनामीना गरेको आरोप लागेको छ । धनौजी गाउपालिका झोझी कटैयाका स्थानियवासी तथा सोहि गाउपालिकाका नेपाली कांग्रेसका सभापति रामनारायण यादवको अगुवाई गरिएको पत्रकार सम्मेलनमा वार्ड अध्यक्ष मण्डलले विभिन्न १४ ओटा शिर्षकमा पैसा निकासा गरी सबै पैसा हिनामीना गरेर जनतालाई ठग्दै आएको आरोप लगाइएको हो । सभापति यादवका अनुसार वार्डमा कम्वल वितरणका लागि १२ लाख निकासा गरिएपनि एक प्रति पनि कम्वल नबाडिएको आरोप लगाए । उनले सिलाई मेशीन खरिदका लागि ३ लाख,आखा उपचार केन्द्रका लागि १४ लाख,आर्युवेदिक औषधी खरिदका लागि १८ लाख,मुंगको विउमा अनियमीतता,५० बोरा जैविक मल गायव गरिएको वताए । उनले कृषि प्रयोगका लागि १५ लिटरबाला टयांकि २७ थान लिएर पनि वार्ड अध्यक्षले वितरण नगरेको वताउदै ३ इन्चको मोटर तिनवटा बुझेर वार्ड अधयक्षले आफनै घरमा राखेको आरोप लगाए भने तीन थान स्यालो टयुवेल,आठ सय किलो र्जिक(ज्याम) लुकाइएको र गहु विउ वापत असुलेको एक लाख पाच हजार लेखामा दाखिला नगरेको समेत आरोप लगाएका छन । उनले आखा उपचार केन्द्रमा आफनै छोरालाई वार्ड अध्यक्षले नियुक्ती दिएको समेत आरोप लगाए ।
यता वार्ड अध्यक्ष मण्डलले स्थानियवासीहरुले लगाएको आरोप गलत रहेको वताए । उनले विभिन्न १३ वटा शिर्षकमा लिएको रकममा कुनै पनि अनियमीतता नभएको र कम्वल वितरण,सिलाई मेशिन वितरण लगायतका हरेक चिज जनतालाई वितरण गरिसकिएको वताए । नेकपाबाट आफु जितेको र अहिले एमाले दुइ ग्रुप भएकोले स्थानियवासीले आफुलाई आरोप लगाउन खोजेको वताए ।
वार्ड अध्यक्षले सवै बाडैको भनेर भनेपछि सोहि वार्डका वार्ड सदस्यहरु रामकुमार महतो,जिता देवी मण्डल,अमना खातुन र रामखेलावन पासवानले वार्ड अध्यक्ष सरासर झुठो बोलेको आरोप लगाए । वार्ड अध्यक्षले धम्की दिएर वार्डमा वाडनका लागि ल्याएका सवै चिज आफनै मातहतमा राखी एउटा पनि कुनै वार्डवासीलाई नबाडेको उनीहरुको आरोप छ । वार्ड सदस्य रामकुमार महतोका अनुसार वार्ड अध्यक्ष संग प्रत्येक चोटि विभिन्न शिर्षकमा आएका सामान तथा रकमहरु काहा छन भनेर सोधखोज गर्दा पनि अहिले सम्म एउटा चिज पनि नआएको वताउदै आएको भनेपनि अहिले आएर सबै वितरण गरिसकेको भन्नु भ्रष्टाचार लुकाउनका लागि भन्दै आएको भनि आरोप लगाए ।
यता सोहि वार्डका महिला स्वयमसेवीकाहरुले साढे ८७ हजार रुपैया वार्ड अध्यक्षले गमन गरेको र आफुहरुले पाउने महिनाको भत्ताबाट वंचित गरेको आरोप लगाएका छन । वार्ड अध्यक्ष मण्डल पुर्व सई पनि रहीसकेका छन । सई रहेको समयमा सिमामा ठेकेदार संग लाखौरुपमा चलखेल गरेपछि उनलाई निलम्वन गरिएको स्थानियहरुको भनाई रहेको छ ।